होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ वैशाख, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका अनुसार […]
२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयका सहप्रवक्ता डा. […]
सन १८१६को सुगौली सन्धिमा लिपुलेख,लिम्पियाधुरा,कालापानी नेपालको भुमिमा पर्छ।भारतले पटक पटक नेपालको सिमानामा हस्तक्षेप गरेको नया बिसय होइन।बि.स.२०१६ यता सगरमाथा लाई भारत र चीनले आफ्नो भनेर धारणा दिईरहदा तत्कालीन प्रधानमन्त्री मन्त्री बिपि कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माउत्सेतुङ,चिनिया प्रधानमन्त्री चाउ ऐन सङ्ग सगरमाथा नेपालको भएको स्पष्ट पार्दै विश्व मानचित्रमा आधिकारिक भएको थियो। त्यस पश्चात् आदर्श पुरुष,संविधान […]
जीवन कैला /कोल्टी २८ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले जिल्ला वाहिर विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको छ । बुढिनन्दा नगरपालिकाका प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा वसेको बैठकले जिल्ला वाहिर औषधी उपचार गर्न गएका विरामी, दैनिक ज्याला मजदुरीका लागि गएका श्रमिक र अध्ययन अध्यापनका लागि गएका विद्यार्थीहरुलाई आर्थिक रकम […]
बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संकटलाई मध्येनजर गरि संघ र प्रदेश सरकारले तयार पारेको राहत कोष कार्यक्रम प्रभाकारी बनाउन स्थानियतह सरकारलाई जिम्मेवारी दिईएको छ । तर स्थानिय तहले राहतको बितरण मापदण्ड अनुसार नभई मनोमानि ढंगले मापदण्ड बिपरित राहतका नाममा राहत बितरण गरिएको छ । ५ केजि, देखि १० केजि बितरण गरिएका समाचार भिडियाहरुमा […]
नागरिक रैबार/बाजुरा २८ बैशाख। जिल्ला प्रशासन कार्यालय बाजुराले बाजुराका तीन वटै सुरक्षा निकायलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेकाे छ । काेराेना भाईरस कोभिड १९ काे नियन्त्रण तथा राेकथामका लागि जिल्ला स्थित ३ वटै सुरक्षा निकायहरुलाई आईतबार प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपानेले सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन्। यी हुन हस्तान्तरण गरिएका सुरक्षा सामाग्री । क. जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २८ बैशाख। बडीमालिका नगरपालिका वडा ८ र ९ को गठखेत, बाउली, चौराटीखेत, राप्का लगायत आसपासका क्षेत्रमा किसानले लगाएका आलुमा डढुवा रोगको प्रकोप देखिएपछि आलुमा ढुसीनाशक विषादि छर्किन थालेको छ । लगातारको वर्षा संगै आएको असिनाले किसानले लगाएका आलुमा व्यापक रुपमा डढुवा रोगको प्रकोप देखिएपछि आलुलाई डढुवा रोगको प्रकोपबाट जोगाउनका लागि कृषि ज्ञान केन्द्र […]
अनिल शाही/बाजुरा, २८ बैशाख। बाजुराको जगन्नाथ गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने थालेको छ । कोरोना महामारिका कारण देशमा लकडाउन भए पछि जिल्ला बाहिर अलपत्र अवस्थामा परेका विद्यार्थी, श्रमिक, उपचार गर्ने गएका विरामी लगायत स्थानियहरुलाई आर्थिक रकम वितरण गर्न थालेको हो । गाउँपालिकाले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका […]
काठमाडौँ — प्रहरीले सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगन्जबाट पक्राउ गरेको छ ।नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खनेपछि त्यसको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्नेतलाई शनिबार दिउँसो महाराजगन्जबाट प्रहरीले पक्राउ गरेको हो । दुवै पूर्वसुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको […]
डोटी । डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७ को पिसीआर परीक्षण गरिएको छ । किट अभावका कारण भारतबाट आएकामध्ये बाँकी रहेका […]
काठमाडौं । भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार नाराबाजी गर्दै माइतीघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो […]
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि क्षेत्रका आठ ठूला तीन वर्षे कार्यक्रम तर्जुमा गरेको छ। कृषि मन्त्रालयले प्रस्ताव गरेका कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको छ। यी कार्यक्रमका लागि करिब ४० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। ‘आठवटा कार्यक्रम संघीय कृषि मन्त्रालयमातहत सञ्चालन हुने गरी प्रस्ताव गर्ने तयारी छ’, आयोगका सदस्य दीलबहादुर […]
काठमाडौँ — नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो । यसैगरी अपहरण आरोपित चारैजनाले […]
रामबहादुर विक/बाजुरा २६ बैशाख। जिल्लाको बडीमालिका नगरपालिकाले जिल्ला भन्दा बाहिर रहेका नगरबासी विद्यार्थीहरुलाई राहत दिने निर्णय गरेको छ । शुक्रबार नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले जिल्लाबाहिर काठमाडौ , विराटनगर , नेपालगन्जमा रहेका नगरबासी विद्यार्थीहरुलाई राहत दिने निर्णय गरेको नगर प्रमुख पदम बडुवालले बताए । विश्वव्यापी माहामारिका रुपमा फैलिरहेको कोरना भाईंरसलाई लक्षित गरी जिल्ला भन्दा बाहिर रहेका […]
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नागरिक रैबार/बाजुरा २६ बैशाख। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थित स्वर्गीय मन्धरि देवि अयडीको १३ औ दिने पुण्यतिथिको अबसरमा सावुन सहयोग गरिएको छ । स्वर्गय मन्धरि देवि अयडीका छोरा रत्न माविका सह–शिक्षक चन्द्रबहादुर अयडी र रेडियो पौरखिमा कार्यरत पत्रकार चक्र बहादुर अयडीले साबन हस्तान्तरण गर्नु भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस […]
काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि […]
नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन र अवस्था सामान्य छ। कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा […]
बिहीबारसम्म नेपालका १५ जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । बिहीबार कपिलवस्तुका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । भारतबाट आएका दुई युवाको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसबाहेक हालसम्म उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएको […]
राजेन्द्र बहादुर रोकाया l बाजुराको बडिमालिका नगरपालिकाका दुई जना युवाले बाजुरा जिल्लाभरीका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेका छन् । लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको मानवताका लागी हामी भन्ने अभियानका संयोजक दिलिप कुमार थापाले बताउनुभयो । उनिहरुले नगरभित्रका दम, सुगर, प्रेसर, मुटुरोगको औषधि वितरण गरेको हो […]