होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • भारतमा अलपत्र परेका ३० जना नेपालीको उद्धार गरियो
पत्रपत्रिका

भारतमा अलपत्र परेका ३० जना नेपालीको उद्धार गरियो

  • नागरिक रैबार
भारतमा अलपत्र परेका ३० जना नेपालीको उद्धार गरियो

रामबहादुर वि.क./बाजुरा ८ जेठ। कोरोना भाईरस कोभिड–१९ का कारण भारतमा अलपत्र परेका ३० जना नेपालीको उद्धार गरिएको छ ।सुदूरपश्चिम एकता समाज ट्रस्टका अध्यक्ष बल भण्डारी, नेपाली कांग्रेस बाजुरा दिल्ली सम्पर्क समिति कृष्णानगर शाह, पुर्वीदिल्ली क्षेत्र अध्यक्ष कमल नेपालीको पहलमा बुधबार दिल्ली सरकारको अनुमति लिएर उनीहरुको उद्धार गरिएको हो ।

भारतमा लकडाउनका कारण अलपत्र परेका बझाङ, डडेल्धुरा, डोटी र दार्चुलाका ३० जना नेपालीलाई (सामाजिक दुरि कायम गर्दै डडेल्धुरा परशुराम नगरपालिका वडा न १० घर भएका चालक खेमराज जोशीको साथमा नेपाल पठाएको मंगल नेपालीले बताएका छन् ।

सुदूरपश्चिम एकता समाज ट्रस्ट र नेपाली कांग्रेस बाजुरा दिल्ली सम्पर्क समितिले भारतमा विभिन्न समस्यामा परेका गरिब निमुखा असहायलाई सहयोग गर्दै आइरहेको छ ।

विज्ञापन

केही समय अगाडि मात्रै भारतको दिल्लीमा रहेका ८१९ जनालाई सुप एकता समजा ट्रस्ट र बाजुरा दिल्ली सम्पर्क समितिको पहलमा राहत बितरण समेत गरिसकेको छ । आगामी दिनमा पनि भारतमा नेपालीहरुलाई कुनै किसिमको समस्या आउँन नदिने र समस्या आइहालेमा पनि नेपाली नागरिकलाई सहयोग गर्ने बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार