होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । ‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो । सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका सांसद […]
एजेन्सी । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेका हुन् । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताएका थिए […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको बाए । वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरीले नेपाली काँग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न […]
काठमाण्डौ – सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । तर लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम नसकिएको भन्दै विज्ञले सावधानी अपनाउन आग्रह छन् । गएको चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गते रातिदेखि सकिएको हो । तर लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या […]
काठमाडौं । सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा सार्वजनिक यातायात चलाउन पाइनेगरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भएपनि उपत्यका प्रवेशका हकमा भने यो नियम लागू नरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले […]
८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उनले भने, […]
काठमाडौं – विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ । सोही […]
नागरिक रैबार/बाजुरा ८ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले कोभिड-१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो । बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा […]
‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्दछ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ” ।औद्योगिक क्रान्तिसँगै उदाएको पुँजीवादी विकृतिविरुद्ध समाजवादको अवधारणा आएको हो । राज्यमा उपलब्ध स्रोत, साधन, उत्पादन र वितरण व्यक्तिहरूमा मात्र सीमित हुन्छ । तर, समाजवादले त्यसमा सामाजिक स्वामित्व हुनुपर्छ भन्ने मौलिक मान्यता राख्छ । समाजवाद शब्दको प्रयोग राजनीतिक साहित्यमा पहिलोपटक ‘पुअर म्यान्स गार्जन’ […]
८ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो । उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको हो भने सन् १९९३ मा […]
धनगढी : सुदूरपश्चिममा पनि आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। ‘सुरक्षा मापदण्ड […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा […]
जीवन कैला/कोल्टी ८ साउन। लकडाउनका कारण गत चैत्र ११ गते देखि आन्तरिक उडान वन्द गरेका हवाई सेवा कम्पनीले उडान सुचारु गरेका छन । नेपाल सरकारको मापदण्ड पुरा गरी बुधबारबाट बाजुरामा पनि उडान शुरु भएको नागरिक उड्ययन कार्यालय बाजुराले जनाएको छ । नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिस, गृह मन्त्रालयको अनुमतिमा आरडीटी परिक्षण अनिवार्य […]
७ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । ‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ समितिको बुधबारको निर्णयमा भनिएको छ । समिति बैठकमासांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । […]
कैलाली । वर्षायाम शूरु भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका जिल्लाहरु बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेका छन् । पछिल्ला दिनदेखि भैरहेको अविरल वर्षापछि यस प्रदेशका केही पहाडी क्षेत्रमा क्षति पुगेको छ । त्यस्तै तराईका जिल्लाहरुमा भने त्यति धेरै क्षति भइनसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रातोपाटीलाई जानकारी दिए । पहाडी क्षेत्रका २ […]
नागरिक रैबार/ बाजुरा ७ साउन। बाजुरामा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौं कहाँ बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आउने भएको छ । जिल्लाको सदरमुकाम मार्तडी र विरेखोला झरनामा पहिलोपटक छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो अवको केही दिन भित्र बजारमा आउने भएको हो । प्रेम-प्रेमि वीचको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको […]
काठमाडौँ — झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित गरेर त्यसबीचमा दर्जन बढी आपसी संवाद गरेका नेकपाका दुई अध्यक्षबीच अझै सहमति भएको छैन् । तर पनि शक्ति संघर्ष र वर्चश्वको लडाइँमा एकले अर्कामाथि दबाब बनाउन सम्पूर्ण शक्ति लगाएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि नेकपाका सबै […]
काठमाडौँ — नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए । प्रवक्ता गौतमका अनुसार हालसम्म सक्रीय संक्रमितको संख्या ५ हजार […]
काठमाडौं: कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ ।विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको […]