होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पूरा हुँदैछ । गत वर्ष ७ असारमा रवि लामिछानेको नेतृत्वमा यो पार्टी गठन भएको हो । पार्टी गठन लगत्तै संसदीय निर्वाचनमा होमिएको यो पार्टीले उत्साप्रद नतिजा ल्याएर नेपालको राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । यद्यपि, यो अवधिमा रास्वपा विवादको घेरामा पनि उत्तिकै रुमल्लिएको देखियो । […]
काठमाडौँ- हवाई भाडादर घटेको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो ।बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
नागरिक रैबार/बाजुरा ५ असार।होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु गरिएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भेलेजमा सूरु गरिएको हो । कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा […]
५ असार, जनकपुरधाम । जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ । धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् । प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो । प्रहरीले प्रदर्शनकारीलाई हटाउने […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरूको टोलीले मंगलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत […]
नागरिक रैबार बाजुरा ५ असार बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडामा उत्पादन भएका कृषि उपज सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्याउन आजबाट एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्से सेवा संचालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले […]
काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुने गरी निर्धारण गरेको जानकारी दिए […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संसदीय व्यवस्था मान्ने पार्टीहरु पहिलो पटक सहकार्य गर्दैछ । २०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएपछि विप्लवले पहिलो पटक संसदीय व्यवस्था मान्ने पार्टीसँग मोर्चाबन्दी गरेका हुन् । २०६९ सालमा माओवादीबाट अलग भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा विप्लव सचिवको जिम्मेवारीमा दिए । २०७१ सालमा वैद्यबाट अलग भई […]
५ असार, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् । शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए । आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका […]
५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ । शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले […]
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ […]
५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा […]
५ असार, काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् ।नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको […]
५ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सत्ता साझेदार दलकै प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । अघिल्लो सरकारले जस्तै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले पनि चोर बाटोबाट बजेट ल्याएको भन्दै असन्तुष्टि जनाएका नेपाली कांग्रेस, नेकपा माओवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरुले यथास्थितिमा समर्थन गर्न नसकिने चेतावनी दिएका […]
काठमाडौँ । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मंगलबार सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल भइरहेको थियो । सहरी विकास मन्त्रालय अन्तर्गतको छलफलका क्रममा बजेट पुस्तकमा त्रुटि भेटिएपछि एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरे । सांसद थापाले बजेट पुस्तकमा प्रदेशको नाम नलेखेर संविधानको उल्लङ्घन गरेको बताए […]
काठमाडौँ । सत्तारुढ चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज समाजवादी मोर्चा नेपालको घोषणा हुने भएपछि चार दलका शीर्ष नेता बसेर छलफल गरिरहेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लव सहभागी छन् । […]
विराटनगर । कोशी प्रदेशमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । अझै २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जना पुरुषको मृत्यु भएको छ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबार विहान बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकको संयुक्त बैठकले असार ७ गते पार्टी स्थापाना दिवसका अवसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । रास्वपाका सह—महामन्त्री कविन्द्र बर्लाकोटीले भने, ‘ स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका […]