होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जाजरकोट – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताले पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात गरेका छन् ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता कार्यकर्ताहरूले हातपात गरेका हुन् । बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत […]
निमेन्द्र शाही/बाजुरा १६ भाद्र। लकडाउनका बेला बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका सबै कामलाई भर्सेलामा पारेको त छ नै, उल्टै संक्रमणको जोखिम पनि बढाइदिएको छ । संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंक प्रसाद भट्टराईको सरुवा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा भएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा आउने जनाइएको छ। प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको […]
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको […]
मनाङ – मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।मनाङ एग्रो प्रालिका पोल्देन छोपाङ गुरुङले मनाङमा उत्पादन गरेको स्याउ अहिले विश्व बजारमा पुगेको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै उनले गाउँपालिकासँग थप जग्गा भाडामा लिएका छन् । सात्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा […]
नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको […]
कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले […]
काठमाडौँ । सर्वोच्च अदालतले गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा भएकी छन । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यस्तो आदेश दिएको थियो । नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ […]
सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।
चक्र बहादुर अएडी,बाजुरा । त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनारको नेतृत्वमा राहात वितरण । नगरपालिका भित्र रहेका विपन्न , दलित , गरिव , एकल महिला र फरक क्षेमता भएका १५२ घर परिवारलाई राहात वितरण गरिएको नगरपालिकाले जानकारि दिएको छ । नगरपालिकाका अनुसार राहात स्वरुप त्रिवेणी नगरपालिका वडा नम्वर १ देखि ९ सम्मका सम्पुर्ण वडाहरुमा अनुगमन गरि […]
बाजुरा जिल्लामा असार यता अविरल बर्षासँगै आएको बाढी र पहिरोले साँफे मार्तडी सडकखण्ड छेदविच्छेद् भएको लगभग तीन महिना जति पुग्न लागि सकेको छ । यस विषयमा जन चाँसो राख्ने जो कोहीले सामाजिक सञ्जाल वा नयाँ प्रविधि अनुसारको भर्चअल गफ र नेताहरुको फूर्सदको राजनीति सिबाहेक अरु केही हुन सकेको छैन् । तर, त्यस यता बाजुराली जनताले […]
महेन्द्रनगर/दार्चुला: मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीति समेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ। नौ जिल्ला भएको प्रदेशमा सात पहाडी जिल्ला छन्। मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमुकाम रहीसकेको डोटीले हालसम्म नत जिल्लामा आइसियु सेवा दिन सक्यो नत भेन्टिलेटर सेवा नै। पछिल्लो दशकयता स्वास्थ्य सेवा प्रवाहमा […]
अर्जुन शाह। फुर्सद मिल्यो कि बडिमालिका खबर र नागरिक रैबार पल्टाइरहन्छु । शनिवार मध्यान्ह्रतिर पनि बडिमालिका खबर पल्टाउँदै थिएँ । संयोगले त्यसभित्र कुनै कार्यक्रमको ‘जुम लाइभ’ चलिरहेको रहेछ । त्यो ‘लाइभ’ बाजुराको अवरुद्ध सडक सूचारु गर्ने सन्दर्भमा जिम्मेवारहरुबीचको भर्चुअल मिटिङको रहेछ । बाजुराको विकासका सवालहरुमा उहिल्यैदेखि रुची र पैरवीकर्ताको नाताले पनि होला, मेरा आँखाहरु अरु […]
धनगढीः कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर […]
काठमाडौं १४ भदाै । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका नेपाल प्रतिनिधि विजय मिश्रले त्यसमा ७० करोड रुपैयाँ कमिसन आउने बताएका छन्। अडियोमा २६ अर्बको मूल्य (धेरै कमिसनका लागि) बढाएर २८ अर्ब पुर्याउन भनिएको छ। […]
काठमाडौं १४ भदाै। मुलुकका सबै क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमित थपिने क्रम जारी छ । कोरोनाविरुद्धको लडाईँमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक पनि संक्रमणको सिकार भइरहेका छन् । पछिल्लो समय ‘फ्रन्टलाइन’ का सुरक्षाकर्मी अर्थात् नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमणको दर उकालो लागेको छ । बुधबारसम्म नेपाल […]
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन […]
रामबहादुर विक । गौमुल गाउँपालिका वडा नम्वर २ सिममा नेपालि काँग्रेस बाजुराले राहात वितरण गरेको छ । साउन २५ गते अविरल बर्षासंगै आएको बाढिले वितण्डा बचाएको गाँउमा पुगी नेपाली कांग्रेस बाजुराले राहत वितरण गरेको हो । बाढिपहिरोबाट विस्थापित भएका गौमुल गाउपालिका वडा नम्वर २ सिमका नागरिकलाई राहत वितरण गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । […]
नागरिक रैबार बाजुरा १२ भदौ काठमाण्डौंमा अलपत्र परेको बुढीनन्दा नगरपालिका १ पीपलडालीकी शुसिला सार्कीको परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली शार्कीको ६ जनाको परिवारलाई बाजुरा सेवा समाजले आज काठामाण्डौमा खाद्यन्न सहयोग गरेको हो । शार्कीको परिवार बाजुराबाट करिव ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएका थिए । […]
काठमाडौं १२ भदौ । नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा […]