होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् ।मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् । […]
धनगढीः दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण […]
नागरिक रैबार/बाजुरा कात्तिक। भिरबाट लडेर घाईते भएका बडीमालिका ९ का मानसिंगे चंदाराकाे उपचारका लागि भारतबाट ५० हजार सहयाेग गरिएकाे छ । बाजुरा घर भई भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरूले घाईते चंदाराकाे उपचारका लागि ५० हजार सहयाेग गरेकाे चंदाराका अाफन्त धिरेन विकले बताएका छन् । घाईते चंदारकाे अहिले ट्रमा सेन्टर काठमाडौमा उपचार भईरहेकाे छ । घाईते […]
काठमाडौं- सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारको प्रवक्ता हुने गुरुङ चौथौँ व्यक्ति हुन् । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट बाहिरिएसँगै तत्कालिन अर्थमन्त्री डा युवराज खतिडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।अर्थमन्त्रीबाट राजिनामा दिइसँगै हालका परराष्ट्रमन्त्री ज्ञवालीलाई […]
काठमाडौं । कोरोना महामारीले मुलुक थिलथिलो भएको अवस्थामा संसद सदस्यले दसैं भत्ता नलिने निर्णय सरकारले गरेको छ । संसद सचिवालयले संघीय सांसदको खातामा भत्ता निकासा गरेपछि केही सांसद र पार्टीहरुले यसको विरोध गर्दै फिर्ताको घोषणा गर्न थालेका थिए ।आफूखुसी घोषणा भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दसैं भत्ता दिने निर्णय फिर्ता गरेको हो […]
धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् । भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ । सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् । प्रदेशसभा सचिवालयले […]
३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाएको दसैं भत्ता संस्थागत निर्णयबाटै फिर्ता गर्ने तयारी गरेको छ । दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) का सांसदहरुको दसैँ भत्ता फिर्ता गर्ने तयारी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । उनका अनुसार, सोमबार साँझभित्रै सांसदहरुको दसैँ भत्ता फिर्ता गरिएको बक्तव्य निकाल्ने तयारी […]
निमेन्द्र शाही/बाजुरा, ३ कात्तिक। अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय […]
दार्चुला: जिल्ला अस्पताल दार्चुलामा विगत केहि दिनदेखि अवरुद्ध रहेको एक्सरे सेवा सञ्चालनमा आएको छ। दार्चुला अस्पतालमा दुईवटा एक्सरे मेसिनहरु भएपनि दुवै मेसिनहरु बिग्रीएर भएर एक्सरे सेवा नै अवरुद्ध भएको थियो। बिग्रीएको एउटा एक्सरे मेसिनको पाटपुर्जा काठमाण्डौबाट ल्याइएको तथा जडान गर्न धनगढीबाट प्राविधिकहरुले मेसिन जडान गरी आइतबार बाट सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समितिका अध्यक्ष […]
बाजुराको वुढीनन्दा नगरपालिकाकामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरीएको छ । एच वि सिसि, यु के आईडि, युनिलेभर लगायतको आर्थिक सहयोगमा एक्सनएड नेपाल, पीसविन बाजुरा र एच आर सि बाजुराको साझेदारीमा सञ्चालन भैरहेको आपतकालिन प्रतिकार्य परीयोजना ईआरपिद्धारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्रि वितरण गरीएको हो । वुढीनन्दा नगरपालिकाको कोल्टीमा एक कार्यक्रममा विच […]
जीवन कैला। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा ७ नम्बर वडा संगठन कमिटीले आज एक प्रेश विज्ञेप्ती जारी गर्दै शक्तिको आडमा वडा कार्यालय सारीएको भन्दै घोर आपत्ति जनाएको छ । बुढीनन्दा नगरपालिका वडा नं सातको वडा संगठन कमिटीले वडा नं सातको वडा कार्यालय एका एक अर्को ठाउँमा सार्नु नाटकिय घटना भएको भन्दै आपत्ति जनाएको हो । […]
रक्सी नै पिएको छैन भने पनि केही कुरा अपाच्य हुनेगरी लेख्दा, बोल्दा यो मगरले रक्सी पिएर बोल्यो, लेख्यो भनेर आरोप लगाउने धेरै छन्, त्यसैले एकबारको जुनीमा वंशाणुगत गुणकै मान्यताप्राप्त यो मतवालीले घरेलु रक्सीलाई गरिएको हुर्मतजन्य अपमानप्रति दुई चार शब्द कोर्दैछ । कृपया, रक्सी पिएर लेखको नठान्नु होला । हाम्रो गाउँमा मगरहरूको बस्ती बाक्लो छ । […]
नागरिक रैबारर/बाजुरा २ कार्तिक। भिरबाट लडेर घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर जयबहादुर ऐडीले असोज २९ गते परेको जन्म दिनको अवसरमा घाईते चंदाराको उपचारका लागि ३ हजार आर्थिक रकम सहयोग गरेका हुन् । जन्मदिनलाई खर्चिलो र […]
कैलाली : धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन्। हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्। चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे […]
दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता पाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन […]
२ कात्तिक, विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा […]
नुवाकोट — नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्र्ती, जनजाती तथा दलित समुदायका […]
१ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् । तर भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा […]
१ कात्तिक, काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने […]
निमेन्द्र शाही बाजुरा, १ कात्तिक ‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । […]