होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ कात्तिक, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता […]
नागरिक रैबार/बाजुरा ५ कार्तिक। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले चाड पर्व बाफत पाएको खर्च (कन्सन बाजुरा) अनाथ बालगृहलाई निणर्य गरेका छन् । दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पनि आफुले पाएको भत्ता बुढीगंगा नगरपालिका २ मा रहेको अनाथ बालगृहलाई […]
कञ्चनपुर, पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा रोकिएका छैनन् । उनको घरमा पुग्दा उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पुगथिन्, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’ […]
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर बिकले तस्करको समूहले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका भनाईमा, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट […]
भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु-याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार […]
नागरिक रैबार/बाजुरा ५ कार्तिक। सदरमुकाम मार्तडी संगै जोडिएको बडीमालिका नगरपालिका ९ माझगाउँ, गैरीबजार लगायत सार्वजनिक क्षेत्रमा बृहत सरसफाई गरिएको छ । नेकपा ९ नम्बर वडा संगठन कमिटीको आयोजना र ९ नम्बर वडा भित्रका कृषि समूह तथा टोल सुधार समितिका पदाधिकारी महिलाहरुको सक्रियतामा वडाका सार्वजनिक ठाउँमा सरसफाई गरिएको हो । वडालाई स्वच्छ र सफा राख्ने हाम्रो […]
धनगढी, कात्तिक ५ गते । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण […]
काठमाडौँ, कात्तिक ५ गते । स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेको पाईएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा उक्त संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ […]
धनगढी: धनगढीका कोरोना संक्रमितको मृत्यु भएको छ ।उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो । मंगलबार अस्पताल ल्याउँदै गर्दा ती पुरुषको मृत्यु भएको हो । उनको शव नेपाली सेनाले आज व्यवस्थापन गर्नेछ ।यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ।मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार नि:शुल्क गर्ने जानकारी दिए।‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्। यसअघि स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौं, ४ कार्तिक । दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि स्थानिय तहका जनप्रतिनिधिहरूले पनि आफुले पाउने भत्ता कोरोना कोषमा जम्मा गर्न थालेका छन् । ईटहरी उप महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले आफुहरूले १ महिनाको तलब कोरोना कोषमा जम्मा गरेको बताउनु भएको छ त्यस्तै बारबर्दियाका मेयर दुर्गा बहादुर थारूले पनि दशैं भत्ता कोरोना […]
कैलाली – कैलालीमा प्रहरी हत्या प्रकरणमा संलग्न सात अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ […]
काठमाडौँ- सरकारले चौतर्फी चर्को आलोचना भएपछि प्रधानमन्त्री र मन्त्रीहरूले पाउने दशैँ भत्ताको रकम ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूले पाउने दशैँ भत्ता […]
काठमाडौं ४ कात्तिक। संघीय सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) लागेका बिरामी मृत्यु शैय्यामा पुगे पनि निःशुल्क उपचार नगर्ने निर्णय गरेका बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन् । प्रदेश १ सरकार र लुम्बिनी प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका […]
४ कात्तिक, काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक। जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकाश शाखाले पालिका भरिका कृषकहरुलाई गहुँको विउ वितरण गरिएको छ । पालिका भरिका कृषकका लागि आवश्यक पर्ने गहुँको विउ २५ प्रतिशत अनुदानमा २ हजार ४ सय ८० केजि विउ कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको कृषि विकाश शाखाले उपलब्ध गराएका डब्लु के १२०४, स्वर्गद्धारी र च्याखुरा जातका […]
गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल […]
काठमाडौं – संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविधानको मौलिक हक उल्लंघन हुने गरी कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय लिएपछि त्यसको सर्वत्र […]
हाम्रो गाउँ उर्जावान, चेतनशील युवाहरूको पर्खाइमा छ । गाउँलाई युवाहरूको खाँचो छ तसर्थ अब चेतनशील युवाहरु गाउँ फर्किनु पर्छ । हामी गाउँले दाजुभाई बीच गएर बस्नु पर्छ । कुनै आग्रह र पक्षपातहरु बिर्सेर ती गाउँलेका सेवकका रुपमा काम गर्नु पर्छ । हाम्रा गाउँले दाजुभाइहरुलाई पुर्वाग्रह, अन्धविश्वास, संकुचित दृष्टिकोण आदिबाट मुक्त गराउनु पर्छ । तिनका सुख […]