होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेरामा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं.१७ का ३९ वर्षीय पदम प्रजामती मगर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका मगर सोही वडामा रहेको नेपाली कागज […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीकोे कार्यालय उद्धघाटन गरिएको छ । नेकपा नं. ९ वडा संगठन कमिटीको कार्यालयको मंगलबार एक कार्यक्रमका विच नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले रिवन काटेर उद्धघाटन गरेका हुन् । वडा संगठन कमिटीको कार्यालय उद्धघाटन् पछि प्रदेश अध्यक्ष थापा र नेकपा बाजुरा […]
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ । कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् । खुलामञ्चमा […]
जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता […]
१८ कात्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी […]
१८ कात्तिक, डोटी । उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षककै शिकार भएपछि यस्तो भएको हो । डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले […]
काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए । ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र […]
१८ कात्तिक, बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडा एक साताका लागि बन्द गरिएको छ । सर्वपक्षीय बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी बागलुङ नगरपालिकाका चार वटा वडा बन्द एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । सदरमुकामका चारवटै वडामा अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय […]
काठमाडौं १४ कात्तिक । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् ।सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् । विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् । खेल क्षेत्रपनि जीवनको […]
काठमाडौँ । मुलुकमा रासायनिक मलको अभाव भइरहेको समयमा सरकारले बंगलादेशबाट युरिया मल सापटी ल्याउने निर्णय ग¥यो । तर उक्त निर्णय भएको महिनौँसम्म पनि किसानका लागि बंगलादेशको मल ‘आकाशको फल, आँखा तरी मर’ भनेसरह भइरहेको छ । धान बालीका लागि युरिया मलको अभाव हुँदा सरकारले बंगलादेशबाट सापटीस्वरुप मल ल्याएर भएपनि किसानलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो […]
१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । […]
१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई […]
बझाङ: बझाङकी एक महिला ३ दिनदेखि वेपत्ता भएकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका ७ खगेडाकी खन्टि रोकाया बुधबारदेखि बेपत्ता भएकी हुन् । ५० वर्षीया रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । चप्पल र लुगा सेती नदी किनारमा फेला परेको हुँदा नदीमा हाम फालेको हुनसक्ने अनुमान छ । बेपत्ता रोकायाको खोजी […]
पछिल्लो समय वैदेशिक रोजगारीको लामो यात्रालाई बीट मारेर स्वदेशमै उद्यम गर्नेहरु र त्यसैमा रमाउनेहरु धेरै छन् । तिनै मध्येका एक हुन्, तनहुँका सागर अधिकारी । सागर २५ वर्ष लामो वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै भैंसीपालनमा रमाइरहनुभएको छ । गाडीका स्टेयरिङ्ग घुमाएका हात अहिले भैंसीको गोबर सोहर्नमा व्यस्त देखिन्छन् । बाध्यताले परदेश गाउँमा रोजगारीका केही बाटा […]
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा […]
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि […]
बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ । खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने गरेपछि बिक्री हुन नसकी खपत हुन नसकेको हो । कम्पनीको […]
१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख […]
१३ कात्तिक, जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको […]