होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बागलुङ बजार एक साता बन्द, देउसी–भैलो खेल्न पनि बन्देज
समाज

बागलुङ बजार एक साता बन्द, देउसी–भैलो खेल्न पनि बन्देज

  • नागरिक रैबार
बागलुङ बजार एक साता बन्द, देउसी–भैलो खेल्न पनि बन्देज

१८ कात्तिक, बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडा एक साताका लागि बन्द गरिएको छ । सर्वपक्षीय बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी बागलुङ नगरपालिकाका चार वटा वडा बन्द एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सदरमुकामका चारवटै वडामा अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । बैंक तथा वित्तीय संस्था पनि बन्द हुने उनले बताए ।

यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो ।

विज्ञापन

खाद्यान्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने बन्द गरिएको छैन ।

दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।

यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुने छन् । ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन् ।

सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्दको अवधिमा स्थगित गर्ने निर्णय गरिएको छ । औषधि, खाद्यान्न खरिद र अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन सबैलाई अनुरोध गरिएको प्रजिअ न्यौपानेले बताए ।

सरकारी कार्यालय र सार्वजनिक संस्थाले सकभर विद्युतीय माध्यमबाट सेवा दिने र कर्मचारी उपस्थति हुनै पर्ने स्थितिमा भिडभाड नगरी कार्यालय सञ्चालन गरिने भएको छ ।

बैठकले नजिकिएको पर्व तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ । बागलुङ बजार क्षेत्रमा संक्रमण बढेकाले समुदायमा फैलनबाट रोक्न नचाहेर पनि बन्दाबन्दी गर्नुपरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनका अनुसार सदरमुकाममा मात्र अहिले २५ जना सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार