होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदिरा पिउन ५० रुपैयाँ नदिँदा कपिलवस्तुमा एक व्यक्तिले फुपुको हत्या गरेको खुलेको छ । पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका–५ स्थित मकबुल मियाँको घरमा डेरा गरी बस्ने २३ वर्षीय तोरणबहादुर खड्का रहेका छन् । गत मंसिर २७ खड्का र उनकी फुपु ५९ वर्षीया सुशीला खड्काले गते राति ९ बजेसम्म घर पछाडीसँगै बसेर मदिरा सेवन गरेको र […]
२९ मंसिर, काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र […]
२९ मंसिर, काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनको अध्यक्ष रहेका बेला २०७१ सालताका एउटा प्रसंगमा वर्तमान प्रधानमन्त्री केपी ओलीको उच्च प्रशंसा गरेकी थिइन् । तत्कालीन एमाले नेतृ भण्डारीले केपी ओलीको प्रशंसा गर्दै भनेकी थिइन्– ‘कमरेड ओली नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक चर्चित, अडान भएका र लोकप्रिय नेता हुनुहुन्छ । पछिल्लो कालमा […]
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा […]
बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, “कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।” आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो […]
बाजुरा २८ मंसिर। सडक सञ्जाल सँग नजोडिएको एक मात्र जिल्ला हुम्ला सडक सञ्जाल सँग जोडिने भएको छ । कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लामा २७ किलोमिटर सडक निर्माण कार्य पुरा भएपछि यातायात सञ्चालन हुने भएको छ । बाजुरा र हुम्लाको सिमाना कवाडी देखि हुम्लाको सर्केगाड गाँउपालिकाको बालगुना सम्म २७ किलोमिटर नेपाली सेनाले निर्माण कार्य सम्पन्न गरेपछि हुम्ला […]
नागरिक रैबार/बाजुरा २८ मंसिर । बाजुराबाट सन्चालन भइरहेको बडीमालिका खबर अनलाइनले चलाएको अभियानले बुढिनन्दा नगरपालिका वडा न १ का धनबहादुर रावतको बनेको छ । बडिमालिका खवरको अभियान अन्र्तरगत बिभिन्न सहयोगी दाताहरुको समन्वयमा रावतको घर निर्माण कार्य सम्पन्न भएकाे हो । बडिमालिका खवरको अभियान र बाजुरा घर भइ हाल भारत कर्मथलाे बनाएका अभियानता टेकराज गिरी, बुद्ध […]
कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौं–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय […]
धनगढीः सुदूरपश्चिमका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २०८ नमूना परीक्षण गर्दा कैलालीका २७ सहित सुदूरपश्चिमका ४१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप २१ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिकाका […]
मंसिरको अन्तिम साता लागेसंगै अहिले चिसो बढेको छ । चिसोको मौसममा धेरैलाई एलर्जीको समस्याले सताउने गर्दछ ।चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुनसक्छ । सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण हुनेगर्छ । विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ । जसले गर्दा […]
काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कैयन् कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार म्युजिक भिडियोमा […]
काठमाडौं २८ मंसिर। संघीय संसदको हिउँदे अधिवेशनमा एक तिहाइ सांसदको उपस्थितिमा बैठक चलाउने विषया छलफल सुरु भएाके छ । संघीय संसद सचिवालयले कोरोना भाइरस महामारीको समयमा सतर्कता अपनाउन एक तिहाइ सांसदको उपस्थितिमा हिउँदे अधिवेशन चलाउने प्रस्ताव दलहरुसमक्ष राखेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यो विषयमा अनौपचारिक छलफल भएको बताए । ‘तर, टुंगो लागेको […]
मानव विकास सूचकाङ्कमा नेपाल मध्यम स्तरमा पुगेको छ । आज राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले नेपाल मध्यम स्तरमा पुगेको देखाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल कार्यक्रममार्फत् सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । विश्व सूचकाङ्कमा कमजोर मानव विकास सूचकाङ्कमा गणना भइरहेको नेपाल एक स्तरमाथि उकालो लागेको छ । लैंगिक विकास सूचकाङ्क, लैंगिक असमानता सूचकाङ्क […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। स्थानीय सरकारका कामकारवाहीहरू जनतामूखी र जवाफदेही बनाउनका लागि बडीमालिका नगरपालिकाको आयोजना र GIZ नेपालको सहयोगमा मंसिर २५ र २६ गते गरी २ दिने गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख बडुवालको अध्यक्षतामा सन्चालित कार्यक्रममा नगर उप प्रमुख कविता बिष्ट, ९ वटै वडाका वडाध्यक्ष, नगरपालिका सवै शाखाका शाखा प्रमुखहरू, नेपाल पत्रकार महासंघ […]
सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । मौसममा आएको परीबर्तन सँगै प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको हो । मँसिरमै हिमपात सुरु भएपछि हिमाली तथा पहाडी जिल्लाका उच्च लेकाली भागमा भने चिसोको मात्रा बढेको बताईएको छ । पहाडी भेगका हिमपात नहुने स्थानमा भने पानि परेपछी किसान हर्षित भएका छन […]
डोटीमा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ । डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न […]
नागरिक रैबार/बाजुरा २८ मसिर। जिल्लाकाे बडीमालिका नगरपालिका वडा न ६ काेर्थमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, बडिमालिका नगरपालिका पशु सेवा शाखा, सहयोगी हातहरुको समुह (सहास) नेपाल, लिफ्ट परियोजना बाजुरा को संयुक्त आयोजनामा उक्त शिविर बडिमालिका नगरपालिका वडा नं ६ कोर्धमा सम्पन्न भएकाे पशु […]
बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भन्नुभयो, “छाउगोठमा […]
कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार सम्बन्धी ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने उनीहरुको भनाइ छ । कोरोना भाइरसको महामारी पछि मानव अधिकार उलंघनका घटनामा बढेका छन् । […]
सरकार जनतालाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध कसरी गराउन सकिन्छ भन्नेबारे छलफलमा जुटेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका हुन् । पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई […]