होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कैलालीका २७ सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना पुष्टि
स्वास्थ्य-जीवनशैली

कैलालीका २७ सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
कैलालीका २७ सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिमका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २०८ नमूना परीक्षण गर्दा कैलालीका २७ सहित सुदूरपश्चिमका ४१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप २१ जनामा संक्रमण देखिएको जानकारी दिए।

कैलालीकै गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका २/२ जना र बेलौली नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ। त्यसैगरी डोटीका ५ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार