होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो
देश/प्रदेश

मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो

  • नागरिक रैबार
मानव विकास सूचकाङ्कमा नेपाल मध्यमस्तरमा पुग्यो

मानव विकास सूचकाङ्कमा नेपाल मध्यम स्तरमा पुगेको छ । आज राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले नेपाल मध्यम स्तरमा पुगेको देखाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल कार्यक्रममार्फत् सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

विश्व सूचकाङ्कमा कमजोर मानव विकास सूचकाङ्कमा गणना भइरहेको नेपाल एक स्तरमाथि उकालो लागेको छ । लैंगिक विकास सूचकाङ्क, लैंगिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियाका केही देशभन्दा अगाडि रहेको प्रतिवेदनमा भनिएको छ ।

स्तरोन्नतिको लागि आय मापदण्डमा पछाडि रहे पनि मानव सम्पत्ति र आर्थिक जोखिमको दुई मापदण्ड भने नेपालले पूरा गरेको छ । तर केही जोखिम र चुनौतीहरु कायम रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक जोखिम सूचकाङ्कमा सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेश राष्ट्रिय स्तरभन्दा उच्च जोखिममा रहेको प्रतिवेदनमा भनिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार