होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सरकारले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ । कर्मचारीको मनोबल उच्च पार्नुका साथै कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान गर्न अध्यादेशमार्फत ऐन जारी गर्ने तयारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अध्यादेश जारी गर्न मन्त्रालयले सरोकारवालासँग प्रारम्भिक छलफल सुरु गरेको छ । अब यसलाई छिट्टै मन्त्रिपरिषद्मा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको […]
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन । बैठक बस्ने बेलासम्म बहुमत पुग्ने अवस्था आए मात्र त्यसलाई कार्यसूचीमा राख्ने सत्तारूढ दल नेकपा ओली समूहका […]
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका […]
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालिन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा विघटनपछि नेकपा […]
साबिक युवा संघ नेपालका महासचिब तथा राष्ट्रिय युवा संघ नेपालका प्रभावशालि नेता नरेश शाही कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् । पार्टी एकता र संगठनको एकता संकटमा परेको बेला बिरामी भएका युवा नेता शाही निको नहुदा संगठनको देशव्यापी आन्दोलनमा समेत असर परेको थियो । अब उहाँ लाइ काेराना मुक्त भएपछि स्वस्थ हुनुभएकाे स्वास्थ्य […]
विश्वका भैँसीविज्ञको सहभागितामा दसाैँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दसाैँ एसियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एसियन बफेलो एसाेसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी […]
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि तयारी थालेको छ । हरेक हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि १० वर्षदेखि किसानले यसको समस्या भोग्दै आएका छन् । केही दिनअघि छिमेकी देश भारतको पश्चिम क्षेत्रमा बर्डफ्लु देखिएको थियो । भारतमा बर्डफ्लु देखिएसँगै नेपाल सरकारले यसको नियन्त्रणका लागि […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिए । बाेहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको बताए । उनी केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम-२ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका […]
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै […]
नागरिक रैबार/बाजुरा २२ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ३ बाट स्थानिय तहको निर्वाचनमा पुर्व माओवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार हरी साँउद र राप्रपाबाट उम्मेदवार जय बहादुर साँउद सहित ७० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं ३ वडा कार्यसमितीले मंगलबार आयोजना गरेको भेटघाट तथा अन्त्रक्रिया कार्यक्रममा स्थानिय तहको […]
कञ्चनपुर– भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उनको दिनचर्या हो ।नदीको बगरमा बालुवा नचाले उनको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उनले बालुवा गिट्टी चाल्ने […]
नयाँदिल्ली– कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लुको त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । हिमाञ्चल प्रदेशमा २ हजार ४ सय पशुपन्छी बर्डफ्लुका कारण मरेका छन् […]
नयाँदिल्ली – भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार […]
प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत् पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए । तर, अहिलेसम्म उनीहरुको निवेदनको सुनुवाइ हुन सकेको छैन । प्रतिनिधि सभा विघटन […]
नन्दा थापा/पुष २१ बाजुरा। बाजुरा जिल्लाका ९ वटा स्थानिय तह मध्ये सदरमुकाम मार्तडीमा रहेको नगरपालिका हो बडिमालिका नगरपालिका । यस नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सन् २०२२ सम्मसबै विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ तीन ताराको अवधारणा अनुरुप काम गर्दै आएको छ । तर बालबालिकाको […]
नागरिक रैबार बाजुरा २१ पुस जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको अर्धवार्षिक परिक्षा (हिजो) सोमबारबाट सूरु भएको छ । कोभिड-१९ का कारण लामो समयपछि नियमित पढाई संचालन गरेको मालिका माविले हिजोबाट अर्धवार्षिक परिक्षा सुरु गरेको हो । ईसिडि देखि कक्षा १० सम्मको अर्धवार्षिक परिक्षा सुरु गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । अर्धवार्षिक परिक्षामा […]
काठमाडौ, २१ पुस । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशनमा बोलाइएकाे हाे । अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुनेछ। अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय यस प्रदेशमा नउठ्ने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि […]
काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ । संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छ कि छैन भन्नेबारे संविधानका अक्षरहरु र ‘विधायिकी मनसाय’ को व्याख्या विश्लेषण भइरहेको छ । तर, संविधान बनाउने […]