होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चैत्र २०,बाजुरा । गौमुल गाउँपालिका कृषि विकाश शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापति जिल्लाका सरकारी कार्यालय प्रमुख मध्य सवै भन्दा पहिला अन्द्राडीमा पुगेका हुन् ।गौमुल गाउँपालका कृषि विकाश शाखाले तिन बर्ष अघाडी हाईडेन्सिटि सघन स्याउ खेतीको सुरुवात गरे पश्चात स्याउमा Tress ग्याविन तार व्यवस्थापन, थाक्रा व्यवस्थापन गर्न र थप अनुसंधान गरी फलफुल […]
धनगढीः पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिक–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मंगलबार रुखमा झुन्डिएको अवस्थामा मृत फेला परे। प्रहरीको प्राम्भिक अनुसन्धानले उनी मानसिक तनावमा थिए। तर कुन कारणले उनलाइ तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। मंगलबार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ […]
काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ ? भन्दै सरकारको जवाफ माग गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ । अब यो नृत्यको […]
१८ चैत, काठमाडौं । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको थियो […]
तिलोत्तमा — राजधानीबाहेक लुम्बिनी प्रदेशको नेपालगन्ज, दाङ र लुम्बिनीमा पनि हावाको गुणस्तर मापनयन्त्र छन् । लुम्बिनीको यन्त्रले कामै गर्दैन तर यसको मर्मततर्फ सरकारको ध्यान गएको छैन । अहिलेसम्म नेपालगन्जको वायु गुणस्तरको सूचक हेरेर रूपन्देहीको अन्दाज गर्ने गरिएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरी बताउँछन् । समस्या समाधानका लागि नेपाल–भारतबीच छलफल गरी उद्योग र किसानलाई […]
१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए । सो सूचना पाएपछि प्रहरीको एक टोली […]
१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् । १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ । यी […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा झण्डै २ महिना शून्यमा झरेको कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। मंगलबार कञ्चनपुरको महाकाली अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयकाअनुसार उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन्। भारतमा दोस्रो लहरको संक्रमण तीव्र बनेका बेला सुदूरपश्चिममा पनि भारतबाट फर्किनेमा धमाधम कोरोना देखिन […]
बाजुराको बुढीगंगा नगरपालिका- १ मा रहेको धुरालसैन माद्यमिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थी एकै साथ बिरामी परेपछि विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा सामान्य रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक रामानन्द पाध्यायले जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनको भनाइ छ । सोमबार मात्र कक्षा ७ का एकै […]
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य […]
खोटाङ,१४ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई पूरा भिडियो हेर्नको लागि अन्तिम फाइलमा राखिएको छ ! हेरेर प्रतिक्रिया दिनु होला स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अव स्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस पटकको होली सजगताका साथ मनाउन आग्रह गरेको छ । काठमाडौंको इन्द्रचोकमा बिक्रीका लागि राखिएका होलीलाई लक्षित गरी तयार टिसर्ट ।मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन अनुरोध गरेको हो । स्वाथ्य मन्त्रालयले भनेको […]
काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ एकदिन देशभरका पार्टी […]
१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस […]
काठमाडौं, १३ चैत । उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ । अघिल्लो वर्षजसरी नै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच छलफल […]
सिरहा । सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए । बान्ता […]
महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा […]
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ स्थित साविक आँपचौर गाविसको खर्बाङ गाउँमा गएराति आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका छन् । बसाइँसराइँको क्रम बढेपछि अहिले गाउँ रित्तोप्रायः बनेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेका अनुसार जलेर नष्ट भएको सात वटै घर गोठमा मानिसहरु बस्दैनन् । बसाइँसराइँ […]
१२ चैत्र, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामामा कलेजो प्रत्यारोपण गरिएको कलेजले जनाएको छ । लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । चैत्र ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका […]
१२ चैत, काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि […]