होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन् । जिल्ला सभापति समेत रहेका राजीव कोइरालाले इनरुवास्थित पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने गरी इजाजत दिएको […]
पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप […]
बुटवल । कोरोना संक्रमणको दोस्रो लहरले मुलुकलाई नराम्ररी प्रभावित तुल्याउँदै गएको छ । अस्पतालहरू भरिभराउ हुन थालेका छन् भने गम्भीर प्रकृतिका संक्रमितहरुका लागि स्वास्थ्योपचारको प्रवन्ध गर्न निकै सकस हुन थालेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतम कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएका कारण देशको स्वास्थ्य प्रणाली नै चर्मराउने अवस्थामा पुगेको बताउँछन् […]
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको […]
२३ वैशाख, बाजुरा । कोरनाको महामारीका बेला सबैले सजकता र सुरक्षित बस्नका लागि जारी गरिएको निषेधाज्ञामा मदिरा खाएर हो हल्ला गर्दै नियमको उल्लङघन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम मार्तडीमा रहेको बजारमा मदिरा सेवन गरी हो हल्ला र नियमको उल्लङघन गर्दै आएका चार जनालाई पक्राउ गरी उनीहरुलाई प्रशासनमा जरिवाना तिराए छोडेको जिल्ला […]
२३ वैशाख, डोटी । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी-झिग्राना सडकसँगै जोडिएको डाँडा, डाँडामा बनेका साना होचा घर । टिनको छानो, झ्याल, ढोका केही छैन । कुनै टहराभित्र गाईवस्तुहरुको गोबर, कसैको छानो नै उठेको । निर्माणाधीन सडकबाट उड्ने धुलोले खण्डहर बस्तीलाई जिस्काइरहेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेग नजिकको जंगलको दृश्य हो यो […]
२३ बैशाख , बाजुरा । राजेश पायल विकद्धारा निर्देशित बाजुराली भाषामा तयारी पारिएको जनचेतनामुलक लघु चलचित्र कोरोना कहर सार्वजनिक भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (काभिड १९) ले विश्वनै अक्रान्त भएको बेला सचेताना फैलाउन बाजुराले भाषामा तयार पारिएको कोरोना कहर लघु चलचित्र सार्वजनिक गरेको हो । यो चलचित्रमा कोरोना कहरको बेला भारतबाट आएका सर्वसाधारणहरुलाई […]
२३ वैशाख, बाजुरा । कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढेसँगै गएपछि बाजुराका स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँच गर्न थालेका छन् । बाजुरामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै जाँदा उपचार तथा परामर्श घरमै पुगेर गर्न थालिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृत्यु […]
२२ वैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् । बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, […]
२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]
धनगढीः सुदूरपश्चिममा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ८७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा संक्रमण पुस्टि […]
२२ बैशाख , बाजुरा । बाजुरामा कोरोना भाईरस तथा कोभिड १९को संक्रमणबाट एक जना को मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । स्वास्थ्य कार्यालयमा उपचारका क्रममा बुधबार बिहान ५ बजे स्वास्थ्य कार्यलयमा उपचारको लागी स्वास्थ्य कार्यालय बाजुरामा भर्ना गरेका थिए भर्ना गरेको ९ घण्टा पछी उनको मृत्यु भएको स्वास्थ्य […]
२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना […]
काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ । यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको […]
कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी […]
२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन […]
गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ। जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन्। गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी […]
सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ । शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा […]