होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो । केही स्थानीय तहले रोचक निर्णय गरे । […]
८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना […]
नागरिक रैबारर, ८ असार गौमुल । गौमुल गाउँपालिका वडा नं। २ रनेडाका कृषक श्री बुदे रोकायाले ८ रोपनि खेतियोग्य जग्गामा ब्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन ।आज भन्दा ४ र ५ बर्ष अघाडी तत्कालिन कृषि विकाश कार्यालय बाजुराबाट १० वटा केराका विरुवा माग गरी केराको बगैचा स्थापना गरेका हुन । उनिसंग हाल ५ सय […]
८ असार, काठमाडौं । आइतबार साँझ ‘क्लबहाउस’को दोहोरी गायन समूहमा एक युवकले आफ्नो रहस्य खोल्दा सहभागीहरू आश्चर्यमा परे । ती युवकका अनुसार समय कटाउन लगातार २० घन्टादेखि उनी क्लबहाउसकै विभिन्न ग्रुपमा जोडिएका थिए । त्यस्तै दुई सातादेखि निरन्तर क्लबहाउसका विभिन्न विषयमा बहसमा सक्रिय थिए । छलफलमा ती युवकले भने, ‘म बीस घन्टादेखि क्लबहाउसमै छु, साथीहरू […]
७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित […]
अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पुर्याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए । सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी […]
७ असार, कर्णाली । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरामा असार ८ गते भोलिदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान ६ देखि अपरान्ह ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निणर्य गरेको हो। जिल्लामा कोरोना भाइरसको संक्रमणदर कम हँदै गएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा खुकुलो पारिएको […]
काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं […]
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ । बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार […]
जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् । पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत […]
सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित […]
काठमाडौँ — मुलुकका विभिन्न जिल्लामा अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी बुधबार रातिसम्म कम्तीमा ६ जनाको मृत्यु र २८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । सिन्धुपाल्चोकमा २, बाजुरा, पाल्पा, कास्की र डोटीमा १/१ जनाको मृत्यु भएको हो भने सिन्धुपाल्चोकमा १७, […]
३ असार, काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सक्ने छन् । ‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न […]
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो क्षति भएपछि उनले तत्काल राहत तथा उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका […]
२ असार, काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य […]
काठमाडौं: १९ घण्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीले बुधबार बिहान उद्धार गरेको छ। जिल्लाको लमही नगरपालिका-७ हसनापुर र राजपुर गाउँपालिका-२ बेलास्थित नदीको बीच टापुमा मंगलबार २ बजेबाट फसेकाहरूको उद्धार गरिएको हो। टापुको दुबैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि […]
विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए । मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, […]
२ असार, पोखरा । मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेका छन् । मनाङ जिल्लालाई पनि ठूलो क्षति पुर्याएको छ । मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त […]
६ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा जेठ महिनाभरी ५५ हजार जनामा परीक्षण गर्दा १४ हजार ४६५ जनामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार जेठमा पीसीआर परीक्षण विधिबाट ३० हजार ४६४ जनामा परीक्षण गरिएको छ । जसमध्ये ११ हजार २८ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको […]