होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ । यस्तैमा गीत […]
नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]
काठमाण्डाै – नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् । एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले प्रचण्डले […]
सप्तरी । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् ।जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार […]
रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुवरले ह्वास्स एप मार्फत आफ्नो […]
धनगढी : डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो। बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ ।७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
हुम्ला — हुम्लाको सदरमुकाम सिमकोट वडा नम्बर ५ तल्लो गाउँस्थित गाईवस्तुका लागि जम्मा पारेर राखिएको स्याउला र दाउरा आगलागीबाट नष्ट भएको छ । आगलागीबाट एउटा गोठमा पनि क्षति पुगेको बताइएको छ ।मानवीय र अन्य भौतिक क्षति नभए पनि स्याउला र दाउरा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयहरू […]
बैतडीः महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ। समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीतमार्फत जनचेतना […]
नागरिक रैबार/बाजुरा २८ फागुन । बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्। शनिबार बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा न १ का वडाध्यक्ष बीरबहादुर रावल काँग्रेस प्रवेश गरेका हुन्। उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका थ्रिए।
नागरिक रैबार/बाजुरा २८ फागुन । जिल्लाको सदुरमुकाम मार्तडी गुउडा डिल नजिकैको रोडमा ट्याक्टरले डक्कर एक महिला गम्भिर घाइते भएकि छन्। घाइते हुनेमा बडिमालिका–८ की अन्दाजी ३६ वर्षीय परु ऐडि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक प्रकाश विकलाई नियन्त्रण लिएको छ । घाइते महिलाको खुट्टामा गम्भिर चोट लागेको […]
काठमाडौं । वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला हुन् ।निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आगामी वैशाख […]
हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए । गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि […]
नागरिक रैबार/बाजुरा २७ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्री आर्थिक अभाबमा रोग पालिरहेकि छन् । २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्युलाइ कुरिरहेकी छन् । अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक […]
काठमाडौं, २७ फागुन । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन […]
केन्द्रीकृत शासन व्यवस्था अनुरुप विकासका नयनले उपत्यका नेतृत्वमा पहुँच भएको स्थान बाहेक अन्य काहीं देखेन। २०७२ असोज ३ गते संघीयता समाबेशिता सहितको नेपालको संविधान निर्माण पछि सिंगो मुलुक संघ,प्रदेश र स्थानीय निर्वाचनमा हुमियो। सर्वसाधारणको दैलोदैलोमा सिंहदरवार पुग्ने कुराले एक खालको हर्ष उल्लासमय छाएको थियोे । वि सं २०७४ मा स्थानीय निर्वाचनमा नेकपा एमालेले देशै भर […]
पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम […]