होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । […]
धनगढी : सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा थपिएको यो सङख्या हालसम्मकै उच्च हो। तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका […]
१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् […]
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा सामान्य रकम घटाएर आगामी आव २०७७/७८ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँको बजेट आएको […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् । उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन […]
धनगढी : आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना […]
काठमाडौं ३२ जेठ । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ । स्थानीयसँग […]
महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो काठमाडौँ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ […]
३१ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै […]
२९ जेठ, काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि […]
काठमाडौं । अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका […]
२९ जेठ, काठमाडौं । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ । त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई […]
काठमाडौं । सरकारले हालै नेपालको संशोधित नक्सा जारी गरेको विषयमा सिंगो देश एकजुट देखिएको छ । संशोधित नक्सालाई संविधानको अनुसूचीमा सामेल गर्नका लागि सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई सर्वसम्मत रुपमा समर्थन जनाएको छ । यसका बाबजुद समाजवादी पार्टीकी सांसद सरिता गिरी अपवादका रुपमा देखिएकी छन् उनले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी छन् । […]
बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा […]
२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय […]
धनगढी : सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको […]
काठमाडौँ — सर्वोच्च अदालतले तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई रोक लगाइदिएको छ ।न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो । आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ५ पुर्याएको थियो । कर तिर्न ताकेता […]
२५ जेठ, सुर्खेत । कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।