होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । सुदुरपश्चिमको दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालकिा वडा नं. २६ का विनोद सिंह राजपुतले ३ बिघा धान खेती गरेका छन् । धानमा रासायनिक मल हाल्नुपर्ने बेला भइसकेको छ । तर मल पाइराखेको छैन । धान रोप्दा ७० रुपैयाँ प्रति केजीका दरले ७५ किलो डीएपी किनेर काम चलाएका उनी अहिले मल नपाउँदा हैरान छन् । आफ्नो मात्रै खेत भएदेखि […]
काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो । अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ […]
काठमाडौँ — असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा […]
काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको […]
काठमाडौँ — यतिबेला ६ वटा वाणिज्य बैंकहरूको आधार दर नै दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको असार मसान्तसम्मको चाैथाे त्रैमासिक वित्तीय विवरणअनुसार सबै वाणिज्य बैंककाे औसत आधार दर ९.४६ प्रतिशत पुगेको छ । जबकि २०७८ असार मसान्तसम्म यस्तो आधार दर ६.८९ प्रतिशत थियो । एक वर्षको अवधिमा आधार दर नै २.५७ प्रतिशत बिन्दुले […]
काठमाडौं । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको […]
बझाङ: बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको […]
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो । सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड […]
काठमाडौँ — कोकाकोलाले स्प्राइटको बोतल परिवर्तन गर्ने भएको छ । ६० वर्षदेखि हरियो प्लास्टिकको बोतलमा पाइँदै आएको स्प्राइट अबदेखि भने पारदर्शी प्लास्टिकको बोतलमा पाइने भएको छ । बुधबार कम्पनीले आउँदो अगस्ट १ देखि पुन: प्रशोधन गर्न सकिने प्लास्टिकको बोतलमा स्प्राइट बेच्ने घोषणा गरेको हो । कम्पनीलाई वातावरणमैत्री बनाउँदै लैजाने योजनाअन्तर्गत यो कदम चालिएको कम्पनीले जनाएको […]
धनगढी । बाजुराको त्रिवेणी नगरपालिका–९ का भीमबहादुर विष्टले गत असार १६ गते धनगढी आएर मोटरसाइकल चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिए । करीब २४ घण्टाको यात्रापछि मोटरसाइकलकै ट्रायलका धनगढी आएका विष्टले धनगढी उपमहानगरपालिका–३ स्थित यातायातको ट्रायल सेन्टरमा बिहानै पुगे । झण्डै दुई घण्टा लाइनमा उभिएर ट्रायल दिएका विष्टलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीले […]
काठमाडौं । नेपाल राष्ट्र बैंक अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्न सीआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । कोभिड अगाडि ४ प्रतिशत रहेको सीआरआर २०७६ चैत १६ मा एक निर्देशनमार्फत ३ प्रतिशत कायम गरीएको थियो । नयाँ नीतिमार्फत राष्ट्र बैंकले […]
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६.२७ अंकले बढ्दै नेप्से सूचक २०४५.६९ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । फाइनान्स समूहको […]
काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको ग्रीन क्लाइमेट फन्ड (जीसीएफ)ले दुई करोड ११ लाख २० हजार डलर (करिब दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदान दिन लागेको हो । यसबा लागि दुई निकायबीच सम्झौता भइसकेको केन्द्रका प्रवक्ता […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷८९ का लागि कुल ३१ अर्ब ४७ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो। चालुतर्फ १२ अर्ब ५७ करोड ३५ लाख तथा पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख गरिएको हो। तर, चालु र पुँजीगत गरी ६६ दशमलम ७६ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको छ। चालुतर्फ ७२ दशमलव ३२ […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले […]
धनगढीः साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ। यी विभिन्न शृङ्गार (मेकअप) सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित मेकअप सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ। वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ। गत आर्थिक वर्ष २०७८/७९ को […]
चालु आर्थिक वर्षको बजेट कार्यक्रममा परेका आयोजना परियोजनाको ठेक्का–पट्टा साउन मसान्तभित्र बोलपत्र आव्हान भइसक्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको मन्त्रालयले वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम÷आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयारी गरी २०७९ साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वानसमेत गरिसक्नुपर्ने […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो । बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार […]