होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको अर्गानिक स्याउ धनगढी पुग्यो
Breaking News

बाजुराको अर्गानिक स्याउ धनगढी पुग्यो

  • नागरिक रैबार
बाजुराको अर्गानिक स्याउ धनगढी पुग्यो

बाजुरा ।  बाजुराको अर्गानिक स्याउ धनगढी आएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा व्यापारीहरुले स्याउ धनगढी ल्याएका हुन्। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुका अनुसार स्वामिकार्तिक–खापर गाउँपालिकाको स्याउ शनिबार धनगढी पुगेको छ। किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो।

साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको छ। किसानलाई बोटमा अनुदान दिएको कृषि ज्ञान केन्द्रले स्याउका कार्टुन र ढुवानीमा प्रति किलोग्राममा ३० रुपैयाँ दिएको पनेरुले बताए। उनका अनुसार ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी आएको हो। किसानले ‘ए’ ग्रेडको ५० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४० रुपैयाँ प्रतिकिलोका हिसाबले बारीमै स्याउको मूल्य पाएको छन्।

जिल्लाबाट २ सय क्विन्टल स्याउ धनगढी ल्याउने कृषि ज्ञान केन्द्रको लक्ष्य छ। अझै स्याउ आउने क्रममा रहेको कृषि ज्ञान केन्द्रले बताएको छ। जिल्लामा २ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। जिल्लामा उत्पादन भएको सबै स्याउ बजारसम्म ल्याउन सकिएको छैन। जसका कारण किसानले फलाएको स्याउ बारीमै कुहिने गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै