होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी, १० मंसिर । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ । यो प्रदेशको व्यापार, पर्यटन, औद्योगिक सम्भावनाको प्रबद्र्धन गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि, […]
वीरगन्ज– पर्सा प्रहरीले १ लाख ३७ हजार रुपैयाँसहित २ जना जुवाडेलाई पक्राउ गरेको छ । पर्साको बहादुरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा केही व्यक्ति जुवा खेल्मा संलग्न रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको बहादुरमाई–९ का ५० वर्षीय बेराहिम मियाँ र वीरगन्ज महानगरपालिका–२६ का ३६ वर्षीय लालबाबु […]
काठमाडौं । आर्थिक वर्ष (२०७६/७७) को पाँचौ महिना चलिरहँदा समेत ३७ स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । संविधानको प्रावधानअनुसार अब उनीहरुले संघबाट पाउने अनुदान रोकिने भएको छ । सबै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले अघिल्लो आर्थिक वर्षभित्रै बजेट सम्बन्धित सरकारको व्यवस्थापिकामा पेश गरी पारित गर्नुपर्ने संविधानमा स्पष्ट व्यवस्था छ । नयाँ […]
कैलालीको लम्कीचुहा नगरपालिकाले जस्तै धनगढीमा उप–महानगरपालिकाले पनि कानून मिच्दै सडक कालोपत्रेका योजना उपभोक्ता समितिलाई दिएको पाईएको छ। गत आर्थीक वर्ष कार्यानवयन भएका सडक कालोपत्रेका योजना समेत उपभोक्ता समितिको जिम्मा दिएको पाईएको हो। सार्वजनिक खरिद ऐन अनुसार सडक कालोपत्रे योजना उपभोक्ता समितिलाई दिन नपाईने भएपनि धनगढी उप–महानगरपालिकाले भने दिईरहेको हो। उप–महानरपालिकाकै वडा नम्बर ११ मा गत […]
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ७२ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।तेजावी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको […]
काठमाडौं- आज आठौं कर दिवस । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । दिवसकोअवसरमा आन्तरिक राजस्व विभागले आज राजश्व परिचालनमा उल्लेखनीय योगदान पुर्याउने करदाता एवं कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ। हालसम्म २९ लाख ६५ हजार करदाता करको दायरमा आएको विभागल जनाएको छ […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका ७ ढम्कनेका कृषकहरुले फलाएका विषादिरहित आलु पहिलोपटक राजधानी काठमण्डौंमा विक्रीका लागि पठाईएको छ । ढम्कने कृषि सहकारी संस्था लि. र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा ढम्कनेमा फलेको विषादिरहित आलु पहिलो पटक राजधानी काठमाण्डौंमा पठाईएको हो । आलुको उचित बजार नहुँदा कृषकहरुले फलाएका आलु खेर गईरहेका बेला कृषि ज्ञान […]
काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ । आन्तरिक सुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धान गर्ने निकायका रुपमा […]
एजेन्सी– नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता त्यही थियो जुन चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको हो । सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा पहिलो पटक हुन लागेको आलु महोत्सवको तयारी पुरा भएको छ । कार्तिक २० गते देखि २२ गते सम्म संचालन हुने उक्त महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक […]
कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन्। कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि कतिपय उद्योग बन्द भएको बताइएको छ। […]
काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले भने १५ लाख रुपैयाँ खर्च गर्न पाउँछन् । मंसिर १४ गते प्रतिनिधिसभाको कास्की २, प्रदेशसभाको बागलुङ, दाङ र भक्तपुरमा एक/एक क्षेत्र निर्वाचन हुँदैछ । उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार खर्च गर्न […]
नागरिक रैबार/बाजुरा १५ कार्तिक। जिल्ला प्रहरी कार्यालय बाजुराले सवारी साधानहरुको चेकजाँचमा कडाई गरेको छ । दशैं तिहार मनाउनका लागि जिल्ला भित्रिएकाहरु दशैं तिहार मनाएर कर्मथलो फर्किन थालेपछि सवारी साधान चेकजाँचमा प्रहरीले कडाई गरेको हो । विशेष गरि दशैं तिहार पछि गृह जिल्लाबाट बाहिर जाने यात्रुहरुसंग वढी भाडा अशुल्ने, सवारी साधानहरुको क्षमताभन्दा बढी यात्रुहरु राख्ने सवारी […]
मुम्बई – बलिउड फिल्म ‘हाउसफूल ४’ ले राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । तिहारको अवसर पारेर रिलिज भएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यो फिल्मले छैठौँ दिनमा १५ करोड कमाइ गरेको छ । फिल्म विश्लेषकका अनुसार ‘हाउसफूल ४’ ले ६ दिनसम्म आइपुग्दा […]
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। तिहार नजिकिएसंगै बाजुराका स्थानीय बजारहरुबाट तिहारका लागि आवस्यक पर्ने सरसामान किन्नेको चहल पहल बढ्दै गएको छ । तिहारको चहल पहल बढेसंगै बाम्का बजार, तिपाडा, बेतालमाण्डौं, कोल्टी, दानसाँगु, पिलुचौर बजार र सदरमुकाम मार्तडीका बजारहरुमा विभिन्न किसिमका प्लास्टिकका कृतिम फूलमालाको व्यापार बढ्दै गएको छ । स्थानीय स्तरमै पाईने सयपत्री र मखमलीको मालाभन्दा पनि […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ स्थित ढम्कनेमा हुन लागेको आलु महोत्सवको उद्धघाटन सुदूरपश्चि प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरिले गर्ने भएकि छिन् । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले यहि कार्तिक २० देखि २१ गते सुदूरपश्चिम प्रदेशमै पहिलोपटक बाजुरामा हुन लागेको आलु […]
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदान भन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीन प्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बने पछि ढुवानी समस्याकै कारण झन्डै एक करोड […]
काठमाडौं – दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ । ‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने […]