होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार […]
२४ भदौ, खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो । अनुगमन […]
दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु गरी बढेको छ । शेरबहादुर नेतृत्वको नयाँ सरकार बनेपछि विस्तार हुन नसकेको मन्त्रीमण्डलसँगै उपभोक्ताको भान्सा पनि गन्जागोल भएको हो । दैनिक उपभोग्य वस्तुमा तरकारीदेखि खानेतेल र अण्डा लगायत अन्य वस्तुसम्मको मूल्यवृद्धि देखिएको छ । अदालतको आदेशससँगै देशको प्रधानमन्त्रीमा यही वर्षको असार २८ गते देउवा नियुक्त भएपछि उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन […]
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताए । उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि […]
१५ भदौ, खलङ्गा। जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । […]
१५ भदौ, काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् । किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति […]
पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो आउने भएपछि म्यानचेस्टर युनाइटेडको सेयर मूल्यमा उछाल आएको छ । रोनाल्डो १२ वर्षपछि क्लब फर्किने भएसँगै युनाइटेडको सेयर मूल्य एकैदिन २९३ मिलियन अमेरिकी डलर (२१२ मिलियन पाउन्ड)ले बढेको छ । बेलायतको समाचार संस्था द मिररका अनुसार शुक्रबार एकै दिन युनाइटेडको सेयर मूल्य २९३ मिलियन डलरले बढ्यो । यो, […]
बैंक तथा वित्तीय संस्थाले कम्तिमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वय गर्न जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो । जेष्ठ नागरिक, अपाङ्गता, भएका व्यक्ति र साक्षर नभएका व्यक्तिलाई सहज रुपमा सेवा दिन निर्देशन जारी गरेको हो । निर्देशनअनुसार स्थानीय तहमा ५ भन्दा बढी शाखा […]
नागरिक रैबार/बाजुरा ८ भदौ। आर्थिक बर्ष २०७६/२०७७ मा बाजुरा जिल्लाका ९ वटा स्थानीय तहको वेरुजु विवरण सार्वजनिक भएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार बाजुराका ९ वटै स्थानीय तहको बेरुजु सार्वजनिक भएको हो । यस्तो छ बाजुराका कुन तहमा कति वेरुजु ।
धनगढी : कोरोना महामारीको जोखिम आकलन र त्यसका लागि पूर्वतयारी गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले २०७७ वैशाख १५ गते प्रदेश कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना २०७७ स्वीकृत ग¥यो। कार्ययोजना अनुसार कोरोना भाइरसको बढी जोखिम हुनसक्ने समुदाय तथा क्षेत्रलाई सिल गरी स्वाब परीक्षण गर्ने उल्लेख छ। परीक्षण गर्दा पहिलो घरमुली, दोस्रो घरधुरी, तेस्रो खास टोल […]
पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत […]
३२ साउन, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण […]
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च रु. १,१८० अर्ब ९५ करोड भएको राष्ट्र बैंकले जनाएको हो । शुक्रबार सार्वजनिक मौद्रिक नीतिको सरकारी खर्च, राजस्व […]
काठमाडौं । कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्यूआई वा साँवा ब्याज भुक्तानी […]
सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा भएको छ । सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका हुन् । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री शर्माले यसबारे अर्थ सचिवसँग पनि […]
काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए । प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]
काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका […]
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने […]
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ। मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा […]