होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो । काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय निर्वाचन र एमसीसीका बारेमा फैलाइएको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । काँग्रेस बागमती प्रदेश सभापति […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका बारेमा विगतमा फैलाइएका भ्रमबाट मुक्त हुँदै दैनिक ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । सोही कार्यक्रममा प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी आजदेखि एमालेमा विलय भएको […]
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए । ‘अहिले मलाई आफ्नो […]
काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको […]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन’, उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनसम्मका लागि […]
, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् । बबरमहलमा सोमबार बसेको पोलिटब्यूरो बैठकमा गैरेले सत्ता गठबन्धन पराजित गर्न एमालेले आवश्यकताको आधारमा अन्य दलसँग साझा उम्मेद्वार उठाउन तयार हुनुपर्ने बताएका हुन् । ‘सत्तारुढ दलहरुले गठबन्धन गर्दा हामी पनि बलियो हुनुपर्छ । तल (स्थानीय तह) को […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको जिकीर गरे । ‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ,’ उनले भने, […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए । […]
, सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि चैत मशान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताएका छन् । सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन् । ‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने […]
कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उनले उल्लेख गरे। अध्यक्ष दाहालले […]
काठमाडौं । नेपाली कांग्रेसका पूर्व नेता तथा मन्त्री गोविन्दराज जोशीका पुत्र दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताए । ‘व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले आधिकारिक उम्मेदवार बनाए पार्टीबाटै उठ्छु,’ जोशीले अनलाइखबरसँग भने, ‘कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु […]
सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । उनले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।उनलाई चैत […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा गोरु गाढाको सिद्धान्त अझै कायम रहेकाले प्रतिक्रान्तिको खतरा अझै कायम नै रहेको बताएका छन् । पार्टीको सिन्धुलीमा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा रहेको बताएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ इङ्गित गर्दै उनले भने, ‘गणतन्त्र आउनु […]
काठमाडौँ — सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा २० देशमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने राजदूतको अझै सिफारिस हुन सकेको छैन । नेपालका ३० राजदूतावास, ७ महावाणिज्य दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग (न्युयोर्क, भियना र जेनेभा) छन् ।शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज ६ मा १२ देशका राजनीतिक नियुक्तिका राजदूत फिर्ता बेलाउने निर्णय गरेको थियो । त्यसअघि नै ११ देशमा राजदूत […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित उक्त सबस्टेसनको शनिबार बिहान उद्घाटन गरिएको हो । तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् । सम्बोधनमा सत्तारुढ गठबन्धनप्रति लामो […]
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक ढिलो गरी सुरु भएको छ।स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो । केन्द्रीय सदस्य खुमा सुवेदीले केन्द्रीय सदस्यहरु आउन ढिला भएकाले बैठक दुई बजेसम्मलाई सारिएको जानकारी दिइन्।वैशाख ३० […]
काठमाडौं, ४ चैत्र । एमसीसी सदनबाट पारित हुँदा चर्को विरोध गर्ने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पनि समर्थनमा देखिन पुगे । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने पक्षमा पुगेको सन्देश दिएपनि यसका पछाडि बाह्य दबाब पनि कारण बनेको छ । प्रचण्डले […]
निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ । जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् ।बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे । ‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो छ,‘भएका र नभएका […]