होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरु दलका नेताहरुलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो? भन्दै प्रश्न उठाएका छन्। रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के […]
काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ । काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले […]
काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी […]
विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले […]
काठमाडौँ- सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहट पनि सोही निर्णयमा पुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुर महानगरपालिका कांग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र बाजुराको आइतबार बसेको पार्टीको प्रथम पूर्ण बैठकले गरेका निणर्यहरु सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित बसेको माओवादी केन्द्रको प्रथम […]
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार […]
स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न सत्तागठबन्धनका शीर्ष नेताले अपिल गरेका छन्।आज बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको छ।‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले बडीमालिकाको मेयर पदको उम्मेदवारीका लागि अमर खड्कालाई सिफारिस गरेको छ । एमाले बडीमालिका नगर कमिटिको बैठकले एमाले बाजुराका संगठन विभाग प्रमुख समेत रहेका खड्कालाई बडीमालिकाको मेयरको उम्मेदवारीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । अध्यक्ष पाध्यायका अनुसार बडीमालिकाको उपमेयर पदको उम्मेदवारका लागि ३ […]
काठमाडौँ — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोमा बुझाएको चुनावी खर्च बाझिएको छ । ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएपनि उनले शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने […]
धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विनाकारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षार्थका लागि छनौट भएका म्यादी प्रहरीहरुको तालिम आजबाट सूरु भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट भएका ६ सय ७५ जना म्यादी प्रहरीको तालिम आजबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओझाले बताएका छन् । डिएसपी ओझाका […]
सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन्। ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ। आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ। जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन्। राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी […]
काठमाडौं, २७ चैत्र । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ । निर्वाचन आयोगले चुनवाी प्रक्रिया बढिसकेको नमिल्ने बताइदियो । […]
नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो । जसअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र […]