होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं आइपुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन्। उनी नितान्त घुमघामका लागि नेपाल आएको बताइएको छ।
काठमाडौं । स्थानीय चुनाव आउन १२ दिन बाँकी रहँदा निर्वाचन आयोगले आइतबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका निम्ति नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको छ । आयोगको सूचनामा भनिएको छ ‘…आयोगले तयार पारेको सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा २०७९ वैशाख २९ गतेभित्र फेसबुक, यूट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने र २०, ३० र ५० […]
नागरिक रैबार/बाजुरा १९ बैशाख । आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुराका राजनीतिक दलहरु यतिबेला मतदातासंग भेटघाटमा व्यस्त देखिन्छन् । विभिन्न पार्टीबाट टिकट पाएका उम्मेदवारहरु यतिखेर जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न जनतासंग अपिल गरिरहेका छन् । नेकपा एमालले पनि अहिले जिल्लाभर उम्मेदवारहरुलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा आज एमाले खप्तड […]
बाजुरा — खेत गह्रामा गहुँ पाकेर पहेंलपुर भएका छन् । कतिले भित्र्याइसके, कतिको बाँकी छ । भित्र्याउन बाँकी परिवारलाई हरेक दिन बदली भइरहने मौसमसँगै असिनाले बर्बाद पार्ने झर्कोले सताइरहेको छ । यता, स्थानीय निर्वाचन आउन ११ दिन दिनमात्रै बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो अभियानमा जुटिसकेका छन् । तर, किसानहरूलाई भने चुनाव र उम्मेदवारहरूको घरदैलोमा त्यति धेरै वास्ता छैन । ‘उम्मेदवारहरू घरदैलो […]
सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक […]
नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका […]
पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट […]
आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले […]
निर्वाचन आयोगले उम्मेदवारी नदिने दलको निर्वाचन चिह्न मतपत्रमा नराख्ने सैद्धान्तिक निर्णय त गरेको छ । त्यसका लागि सबै पद खाली हुनुपर्ने मापदण्ड बनाएकाले निर्णयको कुनै अर्थ हुने देखिंदैन । १९ बैशाख, काठमाडौं । निर्वाचन आयोगले केही दिनअघि काठमाडौं महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र सबैभन्दा ढिलो छाप्ने भनी निर्णय गर्यो । उम्मेदवारहरुको मनोनयन, दावीविरोध, छानविन र […]
काठमाडौँ । आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । नर्वाचित हुुनेहरुमा वडा १८ की […]
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही […]
काठमाडौं, १८ वैशाख । सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन् । कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै उम्मेदवार छन् । यसले गठबन्धन भएपछि चुनावमा धक्का पुग्न सक्ने आँकलनहरु भएका छन् । देशभर माथि देखि तलसम्म गठबन्धन कसिलो बनाएर चुनावमा जाने प्रयास नभएका […]
जुम्ला — जुम्ला हिमा गाउँपालिका २ की विनाशा रोकायाको नाममा नेकपा माओवादी केन्द्रले टिकट निश्चित गरिसकेको थियो । ‘उनलाई फोनबाट टिकट भइसक्यो; मनोनयन दर्ताको लागि कागजपत्र तयार गर्नू’ भन्नेसमेत खबर आइपुग्यो । उनले आफन्त र नातेदारलाई टिकट आइसकेको सुनाइन् । सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लाग्न थाल्यो । माओवादी केन्द्रले विनाशाको नाममा उपाध्यक्षको टिकट बनिसकेको […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको उनको भनाइ थियो । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित […]
बाजुरा । एउटा राजनीतिक दलमा आएको विभाजनको असर जनताको तहसम्म कसरी पर्छ भन्ने उदाहरण बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ । यहाँको दलित समुदाय अहिले नेकपा एमाले फुटको चपेटामा छ । नेकपा एमाले फुट्नु भन्दा पहिला जुकोट गाउँका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमाले थिए । उनीहरुको खेतबारी कमाउने र उनीहरुकै छत्रछायाँमा त्यहाँ […]
स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि […]
नागरिक रैबार/बाजुरा १६ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमालेको पार्टी कार्यालयमा केन्द्रीय सदस्य लालबहादुर थापाले नगर कमिटीले तयार पारेको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बडीमालिका नगर कमिटीले तयार गरेको २० […]
नागरिक रैबार/बाजुरा १६ बैशाख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा शुक्रबार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकाका लागि मृुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र आज मार्तडीमा आइपुगेको मुख्य निर्वाचन […]
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो । मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट एक लाख ५३ हजार २ जनाको […]
नागरिक रैबार/बाजुरा १५ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ । युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ […]