होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • स्थापितले आफ्नै उपमेयरको उम्मेदवारको पनि अपमान गरे : गगन थापा
देश/प्रदेश

स्थापितले आफ्नै उपमेयरको उम्मेदवारको पनि अपमान गरे : गगन थापा

  • नागरिक रैबार
स्थापितले आफ्नै उपमेयरको उम्मेदवारको पनि अपमान गरे : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं मेयरका उम्मेदवार केशव स्थापितले सिंगो महिला जगतको अपमान गरेको टिप्पणी गरेका छन् ।

सार्वजनिक मञ्जमा बोल्ने क्रममा एमाले उम्मेदवार स्थापितले महिलाको अपमान गरेको भन्दै उनले भने,‘सूर्यमा मतदान गर्ने महिलाहरुको पनि अपमान हो । स्वयं उहाँकै उपमेयरको उम्मेदवारको पनि अपमान हो ।’ एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार सुनीता डंगोललाई बनाएको छ । स्थापितले चुनावी कार्यक्रमहरुमा गरेको भाषणलाई थापाले ‘हेट स्पिच’ को संज्ञा दिए ।

महिला हिंसाको आरोपबारे प्रश्न उठाउँदा गत हप्ता स्थापितले प्रश्नकर्तामाथि अपमानजनक टिप्पणी गरेका थिए ।

विज्ञापन

बिहीबार काठमाडौं महानगरका क्रियाशील सदस्यको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले ०७४ को निर्वाचनदेखि हालसम्मको पाँच वर्षको समय खेर गएको जिकिर गरे । ‘खेर गएको पाँच वर्षको जिम्मा कसले लिने हो? कसै न कसैले त लिनुपर्ला नि’ थापाले भने, ‘यसको जिम्मा कम्युनिस्ट पार्टीले लिनुपर्छ, त्यसमा पनि ओलीले जिम्मा लिनुपर्छ ।’

पाँच वर्ष खेर गएकाले त्यसको जिम्मेवारी एमालेले लिनुका साथै दण्डको भागीदार पनि हुनुपर्ने उनले बताए । २०४८ सालमा गरेको गल्तीका कारण कांग्रेसले २०५१ को निर्वाचनमा मतदाताबाट दण्ड पाएको भन्दै थापाले पाँच वर्ष खेर फालेकामा एमालेले दण्ड पाउनुपर्ने बताए ।

एमाले निर्वाचित भएको काठमाडौं महानगरपालिकाको पनि पाँच वर्ष खेर गएको उनले बताए । ‘पाँच वर्षमा महानगरमा एमालेले यो यो गरें भनेर अहिले आएको छ ? यो यो काम गरेर अब पाँच वर्ष जिताइदिनुस् भन्न एमालेको कोही आएको छ?’ उनले प्रश्न गरे ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार