होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ वैशाख, काठमाडौं । सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री […]
जातवार्ता पढ्दा र पुँजीवादी चुनावमा गुमनाम तरिकाले होमिएको मेरो समाज अध्ययन गर्दै गर्दा – लोकतान्त्रिक भनिने पार्टी र प्रचलित कम्युनिष्ट पार्टीमा दलितको हैसियत यति किन कम्जोर छ र यो हविगत हुँदैछ ? र, आज दलित समुदायबाट प्रतिनिधित्व गर्ने गोरख शार्कीले हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा लेखेको […]
वैशाख, विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गरेका हुन् । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उनले भने […]
नागरिक रैबार/बाजुरा २१ बैशाख। नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको छ । एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि […]
‘हामीलाई अरु पार्टी भन्दा कांग्रेसको बढी विश्वास लाग्यो’ यो भनाई अभिनेता भुवन केसीको हो । कुनैबेला नेकपा एमालेमा आवद्ध भएर चर्चा बटुलेका केसी लामो समय राजनीतिक वृत्तमा गुमनाम झैं थिए । स्थानीय निर्वाचनको चर्चा सुरु भएसँगै पुनः राजनीतिक सरगर्मी बढाएका केसी मंगलबार सबेरै बालुवाटार आँगनमा झुल्किए । कारण थियो,–नेपाली कांग्रेस प्रवेश गर्ने । भुवनसँगै अभिनेत्री […]
धनकुटा — भर्खरै उच्च शिक्षा सकेकी २५ वर्षीया सुमिना तामाङ धनकुटा नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई उम्मेदवार अघि सारेको हो । पढाइपछि जागिर वा रोजगारको खोजीमा जुट्ने अधिकांश युवा पुस्ता भन्दा फरक रोजाइमा छिन् तामाङ । अबको राजनीति युवा पुस्ताले थाम्नु पर्ने भएकोले आफू सक्रिय राजनीतिमा प्रवेश गरेको उनी बताउँछिन् […]
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताएका छन् । चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकतामा साथ हेरिएकाले गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । गठबन्धनप्रति कांग्रेस […]
कञ्चनपुर: यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ। जहाँ श्रीमान–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा वडासदस्य पदमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय उठेका छन्। सन्दिप नेकपा एमाले र कमला नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुन्। सन्दीप खुला […]
धनगढीः चितवनस्थित रत्नगरमा वडा अध्यक्षको टिकट खोसिएपछि कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन्। सत्ता गठबन्धन दलबीच भागबन्डा गर्दा वडा नम्बर १२ को उम्मेदवार रहेकी कांग्रेसकी उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओादी केन्द्रलाई दिएपछि कांग्रेस नेता कार्यकर्ता आक्रोशित बनेका हुन्। अर्यालको टिकट खोसेपछि माओवादीका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाइएको छ। उनीहरुले पार्टी कार्यालय तोडफोड गरेका छन्। आक्रोशित कार्यकर्ताले […]
काठमाडौं : भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं आइपुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन्। उनी नितान्त घुमघामका लागि नेपाल आएको बताइएको छ।
काठमाडौं । स्थानीय चुनाव आउन १२ दिन बाँकी रहँदा निर्वाचन आयोगले आइतबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका निम्ति नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको छ । आयोगको सूचनामा भनिएको छ ‘…आयोगले तयार पारेको सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा २०७९ वैशाख २९ गतेभित्र फेसबुक, यूट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर गर्ने र २०, ३० र ५० […]
नागरिक रैबार/बाजुरा १९ बैशाख । आशन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै बाजुराका राजनीतिक दलहरु यतिबेला मतदातासंग भेटघाटमा व्यस्त देखिन्छन् । विभिन्न पार्टीबाट टिकट पाएका उम्मेदवारहरु यतिखेर जनताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न जनतासंग अपिल गरिरहेका छन् । नेकपा एमालले पनि अहिले जिल्लाभर उम्मेदवारहरुलाई लिएर घरदैलो अभियान गरिरहेको छ । सोही क्रममा आज एमाले खप्तड […]
बाजुरा — खेत गह्रामा गहुँ पाकेर पहेंलपुर भएका छन् । कतिले भित्र्याइसके, कतिको बाँकी छ । भित्र्याउन बाँकी परिवारलाई हरेक दिन बदली भइरहने मौसमसँगै असिनाले बर्बाद पार्ने झर्कोले सताइरहेको छ । यता, स्थानीय निर्वाचन आउन ११ दिन दिनमात्रै बाँकी रहेकाले उम्मेदवारहरू घरदैलो अभियानमा जुटिसकेका छन् । तर, किसानहरूलाई भने चुनाव र उम्मेदवारहरूको घरदैलोमा त्यति धेरै वास्ता छैन । ‘उम्मेदवारहरू घरदैलो […]
सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक […]
नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका […]
पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट […]
आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो । अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले […]
निर्वाचन आयोगले उम्मेदवारी नदिने दलको निर्वाचन चिह्न मतपत्रमा नराख्ने सैद्धान्तिक निर्णय त गरेको छ । त्यसका लागि सबै पद खाली हुनुपर्ने मापदण्ड बनाएकाले निर्णयको कुनै अर्थ हुने देखिंदैन । १९ बैशाख, काठमाडौं । निर्वाचन आयोगले केही दिनअघि काठमाडौं महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र सबैभन्दा ढिलो छाप्ने भनी निर्णय गर्यो । उम्मेदवारहरुको मनोनयन, दावीविरोध, छानविन र […]
काठमाडौँ । आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । नर्वाचित हुुनेहरुमा वडा १८ की […]
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही […]