होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणा एमाले : मेयर: २६७२ उपमेयर : २७३० वडा अध्यक्ष : ६१० विजयी नेपाली काँग्रेस मेयर : २६१६ उपमेयर: २५६८ वडा अध्यक्ष : ५२९ पराजित
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुन: विजयी भएका हुन् । धर्मराजले ६ सय १० र धनलाल पाध्यायले ५ सय २९ मत पाएका छन् । पत्रकारिता क्षेत्रबाट नेकपा एमालेकाे […]
उदयपुर — जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक/फरक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । मतगणनाको सोमबार सर्वजनिक मत परिणामअनुसार प्रदेश नं. १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । दाजु जीतेन्द्र रुम्दाली(राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् […]
देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि […]
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय एक युवा पहिलोपटक दलित समुदायबाट त्यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नम्बर- ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (बिक) त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै दलित समुदायको पहिलो वडाध्यक्ष हुन सफल भएका हुन्। बिकले ५९३ […]
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका छन् । कडा प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए । पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै […]
बाजुरा — बाजुराको गौमुल गाउँपालिकामा नेकपा एमाले अध्यक्ष उम्मेदवार हरि बहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका छन् । २०७४ को स्थानिय चुनावमा पनि अध्यक्ष र उपाअध्यक्ष यी दुबै जना विजयी भएका छन् । हरि बहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका छन् । नेपाली काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० […]
नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका ५ को वडा अध्यक्षमा एमाले उम्मेदवार कलक बहादुर सिंह विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राम बहादुर बुढालाइ पराजय गरेका छन् । विजयी सिंहले ३ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार बुढाले २ सय ५२ मत ल्याएका छन् । गौमुल १, २ र ६ […]
नागरिक रैबार/बाजुरा २ जेठ। बाजुराको गौमुल गाउँपालिका २ को वडा अध्यक्षमा एमाले उम्मेदवार देब बहादुर रोकाया विजयी भएको छ । उनले नेपाली काँग्रेसका उम्मेदवार राज बहादुर धामीलाई पराजय गरेका छन् । विजयी रोकायाले ५ सय ८५ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार धामिले ३ सय ८६ मत ल्याएका छन् । गौमुल १ र ६ पनि […]
नागरिक रैबार/बाजुरा २ जेठ। जिल्लाको गौमुल गाउँपालिकामा हालको मत परिणाममा ४ वटा वडामा एमालेको सिंगो प्यानलै जिजयी भएको छ । वडा नं. १, २, ५ र ६ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । एमालेबाट उम्मेदवार बनेका वडा नं.१ का देवेन्द्र बहादुर रोकायाको सिंगो टिम विजयी भएको छ । रोकायासँग नेपाली काँग्रेसका राम बहादुर […]
नागरिक रैबार। बडीमालिका नगरपालिका ३ को वडा अध्यक्षमा नेकपा एमालेका डबल बहादुर रोकाया विजयी भएका छन् । रोकायाले नेपाली काँग्रेस दल बहादुर रावललाई पराजय गरेका छन् । विजयी रोकायाले ४ सय मत र रावलले १ सय ६१ मत ल्याएका छन् ।
नागरिक रैबार/बाजुरा १ जेठ। जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार गणेशराज गिरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका इश्वरराज गिरीलाइ ४४ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । जगन्नाथ गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको हाे ।
नागरिक रैबार/बाजुरा १ जेठ। हिमाली गाउँपालिकाका ७ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिजय कुमार शाही बिजयी भएका छन । उनले २ सय २ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेका मया प्रसाद तिमिल्सेनाले १ सय ८० मत सहित पराजित भएका छन ।
बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भएको थियो । निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन […]
काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता […]
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ […]
काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ। मतपत्र सदर र बदर गर्ने विषयमा एमाले प्रतिनिधिले अवरोध गरेपछि १५ मिनेट मतगणना प्रभावित भएको थियो। ‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो,’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने। उनका अनुसार […]
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना […]
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ । नेपाली काँग्रेस अध्यक्ष: १७९२ उपाध्यक्ष: १५५९ नेकपा एमाले अध्यक्ष: १५१४ उपाध्यक्ष: १४२१ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १११३ उपाध्यक्ष: ११०१
नागरिक रैबार/बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार […]