होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं १५ बैशाख । भूमि समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवालीले भूमिसम्बन्धी ऐनमा रहेर सुकुम्बासी र भूमि नभएकालाई जग्गा वितरण गरिने बताएका छन्। ‘वनका जग्गामा बसेका बस्तीलाई ऐनलाई अध्ययन गरेर पाउने छन भने वितरण गरिन्छ,’ थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘४०-५० वर्षदेखि बसोबास गरिरहेकालाई उठेर जाउ भन्न मिल्दैन। नदिने भन्न मिल्दैन।’ भूमि ऐनको आठौँ संशोधन […]
काठमाडौं १५ बैशाख । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको […]
हामी सबैलाइ संयमित, मर्यादित भइ पार्टी नेतृत्व र सरकारलाई सकारात्मक सुझाव सल्लाह दिने ठाउँमा अहिलेको समयले जिम्मेवारी दिइरहेकाबेला हामी भने सामाजिक संजाल लगाएत आफू निकटस्थ नेतृत्वलाई उचाल्ने ,बसाल्ने झगडाउने सल्लाह दिई रहेका छौ। यसले नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटको इतिहास लाई पुनः निरन्तरता दिने मोडतिर पुर्याइरहेको छ।अहिले नेकपाको आन्तरिक स्थिति अत्यन्तै प्रतिकुल समयमा छ । यो […]
डा. सुरेन्द्रराज देवकाेटा विचार ससन् २००० मा एडिनवर्ग विश्वविद्यालयका प्रोफेसर डोरोथी क्रर्फोडको पुस्तक ‘अदृश्य शत्रु विषाणुको प्राकृतिक इतिहास (द इनभिजिवल इनेमी – अ नेचुरल हिस्ट्री अफ भाइरस) मा लेख्छन् – मानिस र भाइरसबीच बिरालो र मुसाको बीचको जस्तो खेल भइराखेको छ। हुन पनि पहिला भाइरसले हमला गर्छ, अनि मानिसले यसको उपचारार्थ भाइरसमाथि हमला बोल्छ। प्रोफेसर […]
काठमाडौं १४ बैशाख। महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु […]
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]
१२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय […]
देबराज चालिसे विचार । सोमबार ल्याएका दुई अध्यादेशले प्रधानमन्त्री पदको ऐतिहासिक अवमूल्यन भएको छ। योग्यता र इमानमा खडेरी परेपछि मानिस आफ्नै छायादेखि पनि डराउने रहेछ। देश संकटमा परेको बखत सरकारको प्राथमिकतामा पक्कै पनि संकट मोचनका नयाँनयाँ कार्यक्रम हुने गर्दछ। जनताको आशा थियो, सरकारले गाडी खरिद गर्न छुट्याइएको पैसाले भेन्टिलेटर ल्याउला। अर्बौंका सरकारी निवास बनाउने कार्यक्रम […]
काठमाडौँ १२ बैशाख — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक बैठक बोलाएका हुन् । सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार […]
प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको लकडाउनको बीचमा दलसम्बन्धी व्यवस्था गर्ने ऐनमा दलविभाजनमा केही खुकुलो व्यवस्था गर्ने गरी अध्यादेशमार्फत संशोधन गरे । मन्त्रिपरिषदले पारित गर्नेबित्तिकै राष्ट्रपतिले सदर गरेको यो अध्यादेशलाई लिएर तीव्र प्रतिक्रिया आएको छ । धेरैले धेरै कोणबाट विश्लेषण गरे पनि मेरो बुझाइमा मैले भन्दै आएको ओलीको टिममा सक्षम व्यक्ति छैनन् र उनको सहयोगी समूह […]
काठमाडौँ : पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन्। बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा स्रोतले बतायो। बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्। जै […]
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ। राति उनीहरूबीच एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो। दुवै पार्टीका चार-चार जना नेताले एकता पत्रमा हस्ताक्षर गरेका छन्। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा बाजुराका नेता नयाँराम विकको मृत्युको घटनाका आरोपित जगन्नाथ गाउँपालिकाका पाँचजनालाई बाजुरा जिल्ला अदालतले रिहा गरेको छ । बाजुरा जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरे ज्युको ईजलासले सोमबार नेता विकको घटनामा संलग्न आरोपित जगन्नाथ गाउँपालिकाका गोपी कामी र चन्द्र शार्कीलाई जनही ३० हजार सहित धरौटीमा रिहा गरेको छ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ नखोलिने बताएका छन् । जारी लकडाउन भारतमा कोरोनाको असर कतिसम्म रहन्छ भन्नेले निर्धारण गर्ने उनले बताएका छन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै कोरोना भाइरस भारतमा बढ्दै गएकोले नेपालमा पनि तत्काल लकडाउन खोल्न नमिल्ने बताएका छन् । जारी लकडाउन अझै थप्न […]
बैशाख ९ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आकस्मिक रूपमा डाकिएको पार्टी सचिवालय बैठकमा ओलीले ‘पार्टी त्यागेर आउँछौं’ भन्नेहरुलाई परेको बाधा खुलाउन आवश्यक परेको बताए । ‘अरू पार्टीका केही नेतासंँग त्यही ढंगले […]
८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई सहयाेग गर्ने भएकाे छ । विभिन्न फोन नम्बर उपलब्ध गराउदै नेकपाले खानबस्नको समस्याले काठमाडौंँ नछाड्न समेत आग्रह गरेको हो । नेकपाको काठमाडौँ जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । खान र बस्नको समस्याले कसैले काठमाडौँ […]
काठमाडौं – नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ । त्यसअघि नै यसबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]
१४ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ । कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका […]
काठमाडौं, १२ चैत : सरकारले सामान मात्रै आयात निर्याता गर्ने गरी चिनतर्फका दुई खुलाउने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । कोरोनाभाइरसको महामारी फैलिएपछि सरकारले गत माघ १५ गतेदेखि चिनियाँ नाका बन्द गर्ने निर्णय […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. २ का वडा सदस्य लालबहादुर बुढाले गाउँकै महिलालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको छ । स्थानीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा वडा सदस्य बुढालाई गत फागुन २९ गतेदेखि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।स्थानीय महिलाले दिएको उजुरीका आधारमा वडा सदस्य बुढालाई गत फागुन २९ […]