होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २९ असार । साझा पार्टीको सचिवालय सदस्य मुमाराम खनाल र डा. सूर्यराज आचार्यले पार्टी परित्याग गरेका छन् । पार्टी केन्द्रीय समिति बैठिकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेसँगै उनीहरुले पार्टी छोडेका हुन् । युवा तथा बौद्धिक जमातको बाहुल्य रहेको साझा पार्टीमा आन्तरिक विवाद चर्किएको छ। पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह […]
काठमाडौं, २९ असार । नेपालमा मृगौला प्रत्यारोपण ऐन संशोधन भई अंग दानको प्रावधानलाई स्वीकृति दिइसकेको भए पनि मृगौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सक तथा दाताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । अझै मृगौला दान दिने व्यक्तिलाई मानव बेचविखन ऐनअन्तर्गत कारबाही गर्दै सरकारले दुवै कानुनलाई सक्रिय बनाइराखेको छ । दुई खालको ऐन भएकै कारण चिकित्सक तथा दाताहरु […]
काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । […]
बैतडी: प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहको युवा संगठनका केन्द्रीय सदस्यलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन नगरपालिका १० हतासका ३२ वर्षीय श्याम भट्ट रहेका छन्। बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भट्ट युवा संगठनका केन्द्रीय सदस्य हुन। उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ […]
काठमाण्डाै २८ असार । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ। निगमको नाफा उच्च रहेकै समयमा मूल्यवृद्धि गरिएकोप्रति संघले विरोध जनाएको हाे। दुई साता नहुँदै निगमले शुक्रबार पुनः दोस्राेपटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियाे। कोरोना महामारीकाे चपेटामा परेका जनतालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै […]
२७ असार, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । ‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त […]
२७ असार, काठमाडौं । बाढीपहिरोले पुर्याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए । प्रधानमन्त्रीसँग मिटिङ […]
नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिए । देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले बताए । ‘देशभर भैरहेको […]
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन रोक्न पार्टीले संस्थागत रुपमै निर्देशन दिनुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा नेताहरुले आरोप प्रत्यारोप र प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका हुन् । त्यसका लागि संस्थागत निर्देशन दिन नेतृत्वलाई आग्रह गरिने एक नेताले बताए l पार्टी एकतालाई जुनसुकै हालतमा जोगाउनुपर्ने […]
२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]
मदन वि.क./बाजुरा २४ असार। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी –नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद धरापमा परेपछि देशभर ओलीका पक्षमा नेता तथा कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् । ओलीका पक्षमा प्रर्दशनमा उत्रेका नेता कार्यकर्ताहरुले ओलीको दुवै पद यथास्थानमा कायम राख्न माग गर्दै सडकमा प्रर्दशन गरिरहेका छन् । बुधबार बाजुरामा पनि ओलीका […]
धनगढी २२ असार: सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको छ। सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो। […]
बसन्त बस्नेत । विचार । इतिहासले क्षमा गर्नेछैन, किनकि भयावह कोरोना संकट निदानका सम्पूर्ण प्राथमिकता लत्त्याउँदै सत्तारूढ नेकपा यदुवंशी युद्धको कोतमा खडेखडे लड्न तयार छ । संविधानले क्षमा गर्नेछैन, किनकि नेताहरू आज व्यवहारबाट पुष्टि गर्दै छन्, त्यो नयाँ राजनीतिक प्रणाली संस्थागत गर्न नभई व्यक्तिविशेषको महत्त्वाकांक्षा व्यवस्थापन गर्न हतार–हतार ल्याइएको कागजी दस्तावेज थियो । परिवर्तनले क्षमा गर्नेछैन, किनकि […]
काठमाडौं २० असार : आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो। बिहीबार केहीबेर बसेर स्थगित भएको […]
काठमाडौं २० असार। ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बीच किन कार्यक्रम गरेको भन्दै नेविसंघका नेताहरुप्रति आक्रोश पोखेका छन्। पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो महामारीमा भाषणबाजीको कुनै औचित्य नभएको बताए। ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन,उनले भने, ‘खतरा रोग […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफनै पार्टीभित्रबाट अहिले घेराबन्दीमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार दिउँसोसम्म भएका अनौपचारिक वार्ताले पनि सकारात्मक नतिजा निकालिसकेको छैन । नेकपाभित्रको आन्तरिक विवादका कारण संघीय संसद्को […]
उज्जल प्रसाइ विचार । नेतृत्वले आफ्ना अभिव्यक्ति र कर्ममार्फत सर्वांग उदांगो पारेर असलियत देखाइसक्दा पनि नेकपालाई सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी मान्नेहरुको संख्या ठूलो छ । यस घडी नेपालको दलीय राजनीति केही थान कलाविहीन प्रहसन रचेर बसेको छ । यो स्तम्भ लेख्दै गर्दा काठमाडौंको माइतीघर मण्डला र झापाको बिर्तामोडमा प्रधानमन्त्री केपी ओलीको पद जोगाउने घोषित उद्देश्यसाथ प्रदर्शन […]
नागरिक रैबार बाजुरा १९ असार । नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि […]
काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी खेमाका […]