होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको […]
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन । बैठक बस्ने बेलासम्म बहुमत पुग्ने अवस्था आए मात्र त्यसलाई कार्यसूचीमा राख्ने सत्तारूढ दल नेकपा ओली समूहका […]
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालिन एमाले पृष्ठभूमिबाट आएका सांसदमध्ये कसैले पनि मौका पाएनन् । प्रतिनिधिसभा विघटनपछि नेकपा […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिए । बाेहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको बताए । उनी केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम-२ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका […]
अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिएका छन् । माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् । ‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य […]
२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]
२२ पुस, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन […]
धनगढीः नेकपा सुदूरपश्चिम ओली समूहको प्रदेश कमिटिको बैठक धनगढीमा सुरु भएको छ। बुधबार दिउँसो १२ बजे बस्ने भनीएको बैठक १ बजेपछि धनगढीस्थित ओम प्यालेसमा सुरु भएको हो। बैठकमा नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवंम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, वन तथा वातावरण मन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन […]
विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको […]
नागरिक रैबार/बाजुरा २२ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ३ बाट स्थानिय तहको निर्वाचनमा पुर्व माओवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार हरी साँउद र राप्रपाबाट उम्मेदवार जय बहादुर साँउद सहित ७० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं ३ वडा कार्यसमितीले मंगलबार आयोजना गरेको भेटघाट तथा अन्त्रक्रिया कार्यक्रममा स्थानिय तहको […]
२२ पुस, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाइ गरिरहेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए । ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै […]
२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्णइजलासमा पेश गर्न माग गरेका छन् । उनले वृहत् पूर्णइजलासमा पेश गर्न माग्दै निवेदन पनि दर्ता गराए । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस […]
नयाँदिल्ली – भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार […]
प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत् पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए । तर, अहिलेसम्म उनीहरुको निवेदनको सुनुवाइ हुन सकेको छैन । प्रतिनिधि सभा विघटन […]
काठमाडौ, २१ पुस । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशनमा बोलाइएकाे हाे । अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुनेछ। अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय यस प्रदेशमा नउठ्ने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि […]
काठमाडौं, २१ पुस । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो। बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न मागदेखि प्रधानमन्त्रीको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ । संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छ कि छैन भन्नेबारे संविधानका अक्षरहरु र ‘विधायिकी मनसाय’ को व्याख्या विश्लेषण भइरहेको छ । तर, संविधान बनाउने […]
काठमाडौँ– अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ । उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, रमेश खरेल तथा भरत […]
धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार […]