होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, […]
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् । ओली र नेपाल पक्षीय नेताहरूबीच गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी दुई समूह आआफ्नो बाटो […]
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ । लामो समयपछि दुई नेताबीच आज काठमाडौंस्थित् मेरियट होटेलमा दुई घण्टा लामो भेटवार्ता भयो । योसँगै एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला भएको ओली र नेपालबीचको भेटवार्ताले पार्टी एकता […]
निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो । तर, सरकारले भने आयोगको प्रस्तावलाई सुनेको छैन । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा […]
प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ । बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि […]
८ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । बुधबार मात्र नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन […]
धनगढी । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन्। माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका भटकाे नेकपा एमालेमा कुनै योगदान नरहेको भन्दै खनिएका हुन्। शनिबार धनगढीमा उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिमले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता रावलले भने, “जसले पार्टीका लागि पसिना बगायो। भोग भोकै […]
नेपाली काँग्रेसले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति […]
८ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ । बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो । ‘पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्छौं,’ एक नेताले भने । उनका अनुसार पार्टीभित्रको विवाद कसरी र […]
काठमाडौं। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपाको एकता प्रक्रिया भंग भएपछि नेकपा चार टुक्रामा फुटेको छ। साविक २०७० को निर्वाचनमा दोस्रो दल बनेको नेकपा (एमाले) यतिबेला ३ टुक्रामा फुटेको छ। नेकपा (माओवादी केन्द्र) भने मूलतः साविककै अवस्थामा फर्किएको छ। संसदको अंकगणितमा अप्ठ्यारो परिस्थितिमा रहेका प्रधानमन्त्री ओली संसद भंग गरेर निर्वाचनमा जाने ‘बालहठ’ अझै […]
काठमाण्डौ – सत्तारुढ नेकपा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेरै भए पनि माओवादी केन्द्रतर्फका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिए । कर्णालीमा अनपेक्षित गतिविधि भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहितका सांसदलाई स्पष्टीकरण सोध्नुभयो । त्यतिले नपुगेर नयाँ विकसित घटनाक्रममा थप सशङ्कित बन्नुभएका ओलीले सोमवार खनाल–नेपाल समूहका २७ […]
काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रहि सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता […]
८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर […]
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने भएको छ । अदालतमा जानअघि यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको छ । सो पक्षका नेता बेदुराम भुषालले रातोपाटीसँग कुरा गर्दै भने, ‘अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध हामी आजै अदालत जाने भएका छौँ । त्यही विषयमा छलफल गर्न स्थायी […]
७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाउने निर्णय गरेको छ । स्पष्टीकरण सोधिएका २७ सांसदहरुले व्यक्तिगत रुपमा लिखित जवाफ निर्धारित समयभित्रै पठाउने भएका हुन् । मंगलबार अध्यक्ष ओलीले सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका थिए । त्यसलगत्तै […]
७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले यसले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् । ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले […]
६ वैशाख, काठमाडौं । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरू वैधानिक नभएको भन्दै खारेज गर्नुपर्ने मागसहित माधवकुमार नेपाल समूहले आइतबार मात्रै आठ पृष्ठ लामो निवेदन आयोगमा दर्ता गराएको हो । यो समूहले अदालतको […]
काठमाडौं । नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले रातोपाटीलाई जानकारी दिए । ‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ […]
काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ ।पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी दिए । स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा […]
काठमाडौं। देशमा पछिल्लो समय कोरोना भाइरस दिन दुई गुना रात चौगुनाको क्रममा कोरोना भाइरस संक्रमित थपिँदै छन्। दैनिक १३ सयको हाराहारीमा संक्रमितहरु थपिइरहेका छन्। हिजो मात्र पीसीआर विधिमा गरिएको परीक्षणममा १२ सय २७ जनालाई कोरोना पुष्टि भयो भने ८ जनाको मृत्यु भयो। अघिल्लो वर्ष दुईजना कोरोना संक्रमित देखिँदा कडा लकडाउन गरिएको थियो। तर, हजार बढि […]