होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तीको बेहोरामा […]
वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो ०७५ जेठ २ मा पुग्ने । १० बुँदेले त्यहाँ […]
काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउनमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको ठूलो भूमिका छ । नेता नेपालको चट्टानी अडानकै कारण देउवाको […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ […]
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो । देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ । नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको […]
काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, जर्नादन शर्मा र देव गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनीहरुले आजै सपथ लिनेछन् । जनता समाजवादी पार्टीबाट को मन्त्री बन्ने […]
काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको […]
२९ असार, काठमाडौं । सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् । सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मंगलबार ५ बज्न एक घण्टा अगाडि […]
केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको […]
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको स्थानीयहरुले […]
काडमाडौं,२९ असार । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । आज साँझ ६ बजे देउवाले प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम तय भएको छ । ओलीले सरकारबाट विदा लिनुभन्दा अघि आज देशवासीको नाममा सम्बोधन गरेका हुन् […]
काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको बताएका छन् । अहिले सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई रत्तिभर पनि चिनता छैन् । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई […]
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा […]
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् । भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस […]
२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।
धनगढी: नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चेतावनी दिएका छन्। मंगलबार सञ्चारकर्मी लामिछानेले अदालतको आदेश नमान्नेको आचोलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो धम्की दिएका हुन्। लामिछानेले ‘‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शासन हो र ?? ’’ भन्दै स्टाटस […]
धनगढी: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका सुदूरपश्चिमका सांसदले साथ छोडेको चर्चा चल्न थालेको छ। विगतमा ओली पक्षमा रहेका सुदूरपश्चिमका १४ प्रतिनिधिसभा सदस्यमध्ये १० जनाले साथ छोडेको चर्चा हुन लागेको हो। बैतडीका दामोदर भण्डारी, बझाङकी आशा बिक, कैलालीका नारदमुनी राना […]