होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् । यिनै विषयमा छलफल गर्न शनिबार बोलाएको स्थायी समिति बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा आइतबारसम्म स्थगित गरिएको थियो । विघटित […]
बझाङ- बझाङका ५ वटा स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को बजेटमा चौथो पटक नछुटाइ लेखेको एउटा विषय हो- पालिकाको आफ्नै भवन बनाउन आवश्यक जेटको प्रबन्ध गर्ने । तर, चार वर्षदेखि यहाँका १२ मध्ये ५ वटा पालिका भाडाको घरबाटै काम चलाइरहेका छन् । जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, र छविसपाथिभेरा गाउँपालिकाले भनवन बनाएर आफ्नैमा सरिसके भने खप्तडछान्ना […]
काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो । काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल […]
नेकपा (एमाले) विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद नै हुन नसकेका बेला दोस्रो तहका नेताहरु एमाले एकताका लागि प्रयासरत छन् ।दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्तावप्रति वरिष्ठ नेता माधव नेपालले स्वीकार गरेका छैनन् […]
पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ ।शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग […]
१४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले पार्टीभित्र मुसा प्रवृत्ति देखिएको बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी कदम चाल्न उक्साउनेहरुले मुसा प्रवृत्ति देखाएको उनले उल्लेख गरेका छन् । हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरु केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्’, उनले सामाजिक […]
पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गन थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री […]
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको बताएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा यस्तो संगठन आवश्यक रहेको कुरा आफूले पहिलेदेखि उठाउँदै आएको बताए । आफ्नो प्रधानमन्त्री कालदेखि थालिएको बाघ […]
काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रिपरिषद्को संख्या संविधान अनुुकुल नै भएको दाबी गर्दै सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । मन्त्रिपरिषदको संख्यालाई लिएर सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पठाउँदै मुख्यमन्त्री भट्टले आफ्नो मन्त्रिपरिषदको संख्या संविधानले तोके अनुसार प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नरहेको दावी गरका हुन् । ‘सुदूरपश्चिम प्रदेश […]
काठमाडौं, १४ साउन । नेकपा एमाले एकताका लागि मध्यमार्गी दोस्रो र तेस्रो पुस्ताका नेताहरुले नयाँ विकल्पबारे छलफल बढाएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको तेस्रो व्यक्तिलाई नेतृत्वमा ल्याएर पार्टी एकता जोगाउनेबारे छलफल चलाएका हुन् । ओली र नेपालका अलावा ७० कटेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमबाहेकबाट […]
१४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई […]
काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका केही सांसदले सरकारमा जान दबाब दिए पनि तत्काललाई बाहिरै बस्ने निष्कर्षमा नेपाल समूह पुगेको हो । नेता नेपालले बुधबार देउवालाई विश्वासको मत दिएका आफूपक्षीय सांसदलाई बोलाएर उनीहरूको धारणा बुझ्नुका साथै पछिल्लो समसामयिक राजनीति र पार्टीको आन्तरिक […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको […]
१४ साउन, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । सत्ता गठबन्धनको बैठक बुधबार पनि बसेको थियो । सो बैठकले छिटो […]
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनसम्म दुईजना अध्यक्ष बनाउने ओली पक्षको प्रस्तावप्रति सकारात्मक बन्न सकिने जनाऊ दिएका छन् । तर, दोस्रो अध्यक्षमा आफ्नो रुची नरहेको भन्दै नेता नेपालले झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाउन सकिने बताएका छन् । माधव पक्षको पछिल्लो स्थायी कमिटी बैठकमा नेता नेपालले ओलीसँग दोस्रो अध्यक्ष बन्ने […]
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् । छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । […]
नेपाली काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्याउन क्रियाशील सदस्यता छानविन समितिलाई नै जिम्मा लगाएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पुरा गर्न बिहीबार ३ बजेसम्ममा छानविन समितिका […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए । ‘मलाई धेरै समस्या हुन लागिसक्यो, […]