होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कास्की — ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ एक वर्षअघि जन्मदिने आमा गुमाएकी चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यस वर्षको तीज गीत हो यो । २४ दिनअघि (भदौ ३) मात्रै सपना म्युजिक इन्डस्ट्रिजको युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत अहिले युट्युब ‘टेन्डिङ’ […]
निर्देशक सुदर्शन थापाले केही दिन अगाडि मात्र समाचारवाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । सुदर्शनको इन्गेजमेन्टमा उनको नजिकको साथी पूजा शर्मा उपस्थित नहुँदा चलचित्र वृत्तदेखि दर्शकमा विभिन्न खालका आशंका उत्पन्न भयो । अब, सुदर्शन र पूजाविचको सहकार्य जारी रहन्छ कि रहदैन भन्ने खालका प्रश्न समेत उठे । तर, नायिका पूजा शर्माले भने सुदर्शनले बिहे गर्दैमा एकसाथ […]
समता फाउन्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ को दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुरु हुने भएको छ । फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात–जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको हो । कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी […]
गतबर्ष नै चलचित्रको प्रदर्शन मिति तोकेर ढुक्कले बसेका धेरै निर्माताहरुलाई वैशाखमा दोश्रो चरणको कोरोनाको त्रास सुरु भएपछि तनाव भयो । अधिकांश निर्माताहरु चलचित्रको काम सकेर रिलिज गर्ने सोचका साथ अगाडि बढेका थिए । निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेका थिए । तीज लक्षित चलचित्रको प्रदर्शन मितिले […]
मुम्बई(बलिउड हंगामा)– अनिज बाजमी निर्देशित कमेडी हरर फिल्म ‘भूल भूलैया २’को छायांकन पुरा भएको छ । तर फिल्मको क्लाइमेक्स निकै तनावपूर्ण तरिकाले पुरा भएको छ । कोभिड महामारीपछि जारी गरिएको लकडाउनका कारण रोकिएको फिल्मको बाँकी काम कोभिड केही सामान्य भएपछि सुरु भएको थियो । फिल्मको सुटिङ जति रमाइलो किसिमले सुरु भयो, त्यसको समापन केही नरमाइलो […]
वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । घिमिरेले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको हो । दशैंको छेको पारेर आयोजना हुन लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा घिमिरेलाई यो सम्मान दिन लागिएको हो । सोही कार्यक्रममा पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कार समेत […]
तीजका कयौं गीत आए । हरेक वर्ष थुप्रै संख्यामा नयाँ–नयाँ तीजका गीतहरु सार्वजनिक हुन्छन् । तिमध्ये अधिकांश गीतहरु आएकै वर्ष हराउँछन् । तर एउटा तीज गीत छ, जुन वर्षौदेखि तीजमा गुञ्जिदै आएको छ । सो गीतमा महिलाहरु वर्षौंदेखि नाचिरहेका छन् । त्यो गीत तीजको पर्याय नै बनेको छ । र, त्यस गीतलाई उछिन्न अन्य गीतहरुले […]
नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको बिझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ । नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् […]
नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरे । यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् । पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा र पुष्पले चलचित्रमा सहकार्य गरेका […]
वैशाखको पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलीबाट संचालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यलयले गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले चलचित्र घरहरु संचालन गर्न दिने निर्णय गरेको हो । सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु खोल्ने दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले […]
नायिका संचिता लुइटेल चलचित्र ‘म राजेश हमाल’मा काम गर्न तयार छिन् । चलचित्रको टिमले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा नायिका लुइटेलले यो चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिइन् । संचिताले यो चलचित्रमा आफ्नो भूमिका केही फरक रहेको र दर्शकमा पनि चलचित्रबाट राम्रो सन्देश जाने देखेपछि काम गर्ने सोच बनाएको बताइन् । संचिताले […]
बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए । सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको स्थानमा उभ्याएका थिए । उनै, […]
लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो । योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । यसअघि सबैभन्दा […]
‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणी पौडेल । ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाए । शनिबार प्रशारण भएको शोमा भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरे । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणीको अहिले […]
केदार भुषालको निर्माणमा बन्न लागेको चलचित्र ‘म राजेश हमाल’मा नायक राजेश हमालले अभिनय नगर्ने भएका छन् । नायक हमालकै नाम राखेर तयार हुन लागेको यो चलचित्रका लागि उनलाई विशेष भूमिकामा अफर गरिएको थियो । तर, नायक राजेश हमालले भने यो चलचित्रको नाममा आफ्नो नाम राख्न स्विकार गरेपनि अभिनय गर्न भने अस्विकार गरेको वुझिएको छ । […]
काठमाडौं, १२ भदौ । बलिउड अभिनेत्री प्रियंका चोपडा शुटिङका क्रममा घाइते भएकी छिन् । हलिउड सीरीज सिटाडेलको शुटिङका क्रममा आफु घाइते भएको सामाजिक सञ्जालमार्फत आफैले जानकारी दिएकी हुन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै आफू घाइते भएको जानकारी दिएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । उनले टाउकोमा रगत आएको तस्बिर इन्स्टाग्राममा […]
हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो । यो चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, […]
काठमाडौं, १० भदौ । चर्चित लोक गायिका विष्णु माझी अहिले चर्चाको शिखरमा छिन् । एक हप्ता अघि सार्वजनिक भएको नयाँ तिज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएसँगै उनी चर्चामा आएकी हुन् । विष्णु माझीको स्वरमा सजिएको उक्त गीतलाई एक हप्तामा ५० लाखभन्दा बढिले हेरिसकेका छन् । अहिलेसम्म गीतको भिडियोमा ११ हजार बढीले प्रतिक्रिया दिएका छन् । […]
पहिलो चरणको लकडाउनपछि नेपाली चलचित्रको बजार ठप्प छ । डेढ बर्षदेखि नेपाली चलचित्रको काम नहुँदा कलाकारका लागि म्युजिक भिडियो ठुलो राहत बनेको छ । चलचित्रको काम नहँुदा कलाकारहरुले म्युजिक भिडियोमा आफूलाई व्यस्त बनाएका छन् । भिडियोबाट डेढ बर्षमा करोडौं कमाउने केही नायक तथा नायिकाहरु पनि छन् । यसमा केही कलाकार भने अपवाद छन् । जसले […]
मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘दबंग’का रुपमा परिचित अभिनेता सलमान खान फ्यानका मनपर्ने स्टारमध्ये एक हुन् । सलमानको बलिउड यात्रा ३३ वर्ष पुरा भएको छ । मानिसहरु उनको अनुहार हेर्न घण्टौं पर्खन्छन् । तर एक समय थियो, जुन बेला सलमानलाई फिल्ममा एउटा सानो भूमिका पाउनका लागि घण्टौं लाइनमा लाग्नुपथ्र्यो । त्यो समयमा उनलाई कसैले चिन्दैन थिए । सलमानले […]