होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा घर किनेकी छन्। गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्। उनले चार करोड हाराहारी मूल्यमा घर किनेको बुझिएको छ। सामाखुसीमा भाडाको घरमा बस्दै आएकी शान्तिश्रीको परिवार छिट्टै आफ्नै घरमा सर्ने तयारी छ। शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। शान्तिश्रीका श्रीमान एनजिओमा काम गर्छन्। […]
नागरिक रैबार/बाजुरा २४ माघ । गायिका इब्सुल संज्याल उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएकि छन् । कालिकोट जिल्लाको पचलझरना वडा नम्वर ६ घर भएकी इव्सुललाई राष्ट्रिय युवा सेवा कोषले नगद १० हजार सहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेको हो । गायन क्षेत्रमा मिठो कला, गला, आवाज र स्वरको माध्यमबाट हाँशीहाँसी दर्शक तथा श्रोतालाई मनोरन्जन दिदै हृदयस्पर्सी […]
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।नबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको थियो । सर्वोच्च […]
काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया […]
काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए । नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च […]
काठमाडौं । गायिका समिक्षा अधिकारीले सानो उमेरमा छोरी मान्छे राम्रो नराम्रो छुट्याउन नजान्ने भन्दै मान्छेका जालझेल बुझ्न गाह्रो हुने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् । समिक्षाले आफुलाई कसैले अवसर नदिएपनि स्वरले साथ दिँदासम्म गीत गाउन नछाड्ने बताएकी छन् । समिक्षाले आफुलाई माया गर्ने मान्छे समेत रहेको […]
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले अनलाइनखबरलाई जानकारी दिइन् ।
काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।इन्द्रेणी कार्यक्रमको टोली […]
नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु […]
काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा […]
पछिल्लो समयको लोकप्रिय हास्य टेलिसिरियल हो ‘सक्किगो नि’ । समसामयिक विषयवस्तुमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिक्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य ‘काकु’ लगायतका थुप्रै कलाकार नियमित देखिँदै आएका छन् । तर, पछिल्लो समय प्रसारमा आएको ५ भागमा भने यसका मुख्य कलाकार कुमार कट्टेल ‘जिक्री’ हराएका […]
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै उनले नेपाली […]
कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषीफिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति […]
बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ […]
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै […]
काठमाडौं । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ । जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने टुटेको छ […]
काठमाडौं, १२ कात्तिक । नेपाली फिल्म बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक हमालले आफ्नो आवाजमा पहिलो पटक अनामनगरस्थित वेभ स्टुडियोमा ‘मन बुढो भएन’ बोलको रोमाण्टिक थिममा रहेको गीत रेकर्ड गराएका हुन् । उक्त गीतमा संगितकार दीपक शर्माको शब्द तथा संगित र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा हमालसहित […]
काठमाडौं– ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् । भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो । त्यस्तै […]
बजारमा आएका महंगा, सहज र आकर्षक बाइकमा लामो यात्रा गर्ने रहर धेरैलाई हुन्छ । यस्तै, रहर नायक अनमोल केसीलाई पनि छ । यसअर्थमा, अनमोल बाइक लभर्स हुन् । आज भन्दा १२ बर्ष अगाडि अनमोलले यमहा फेजर बाइक लिएका थिए । यो बाइक अनमोलसँग आज पनि छ । उनी भन्छन्–‘मलाई बाइक त बेच्नै मन लाग्दैनँ । […]
दुई साता अघि मात्रै सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट साउन अन्तिम साताको शुक्रबार सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले शनिबारसम्म १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ। गीतका सर्जक प्रकाश सपुतले भिडियो सार्वजनिक भएको दुई सातामै निरन्तर युट्युब ट्रेन्डिङको […]