होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए […]
नागरिक रैबार/बाजुरा ६ भदाै। वर्षातको समयमा भत्केका सडक नखुल्दा बाजुराका स्वास्थ्य संस्थामा औषधीको अभाव भएको छ । जिल्लामा निरन्तरको वर्षाका कारण गएको असार अन्तिम सातादेखि अवरुद्ध भएका ग्रामिण सडकहरु संचालनमा आउन सकेका छैनन् । जसका कारण ग्रामिण स्तरका स्वास्थ्य संस्थामा औषधी ढुवानी हुन् नसकेपछि औषधीको अभाव भएको हो । बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र […]
प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका […]
काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको […]
धनगढीः नेपालमा मनसुनको याम सकिनलाग्दा मौसम पूर्वानुमान महाशाखाले ठूलो वर्षा हुनसक्ने चेतावनी दिएको छ। गत वर्ष पनि मनसुन सकिएपछि परेको ठूलो वर्षाले सुदूरपश्चिम क्षेत्रमा ठूलो क्षति भएको थियो। के छ चेतावनी ? खासगरी नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी भूभागनजिक आइपुग्ने र सोसँगै मनसुन […]
धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो […]
२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज भएको जनाएका हुन् । ‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा […]
क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे। खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले […]
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए ।राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। हरितालिका तीजको दिन कन्चनपूरमा एक दलित महिलामाथि भएको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण गरेको छ । नेकपा (एमाले) निकट रहेका दलितहरुको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिम प्रदेश कमिटिका सचिव जंग विकद्धारा हस्ताक्षरित एक बिज्ञप्ती जारी गर्दै दलित महिलामाथि भएको घटनाको ध्यानाकर्षण भएको जनाएको […]
बैतडी: बैतडीमा बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेर ससुरा फरार भएको घटना बाहिरिएको छ। जिल्लाको सिगास गाउँपालिकामा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणील प्रयासको आरोप लागेको हो। बुहारी नाता पर्ने २३ वर्षीया महिलाले आफुमाथिे जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी हुन्। भदौ १९ गते राति अन्दाजी १० बजेको समयमा ढोका फुटाएर आफुमाथि जबरजस्ती गर्ने प्रयास गरेको […]
काठमाडौं । यसवर्षको दशैंका लागि भोलि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ। खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले बताएका […]
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको छ । सबै पढिसकेर हस्ताक्षर गराउँदा कम्तिमा पाँच घण्टा लाग्ने महाअभियोग सिफारिस समितिका सदस्यहरुको अनुमान छ । अहिले महाअभियोग सिफारिस समितिको बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ । […]
डडेल्धुरा: डडेल्धुरामा सर्पले टोक्दा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको हो। बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो। त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन […]
नागरिक रैबार/बाजुरा ३१ भदौ।बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न […]
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो । फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घिमिरे २०५६ र २०७४ को […]