होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो […]
सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश […]
धनगढी : कैलालीमा प्रहरीको थुनाबाट भागेका अभियुक्तको १७ घण्टादेखि खोजी जारी राखिएको छ। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित भागेपछि उनको खोजी भईरहेको हो। ‘ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला राति ९ बजे हत्कडी सहित भागेका थिए,’ कैलाली प्रहरीका […]
बाजुरा: बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ। किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन्। गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली […]
२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]
काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिँदै । बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको […]
काठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार राति आएको बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् । बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो । अविरल वर्षासँगै आएको […]
राजेन्द्र बहादुर राेकाया बाजुरा । बाजुरामा नदीमा डुबेर वेपत्ता भएका १९ वर्षीया युकलाई खाजी गर्न गाताखोरको टाली बाजुरा आएको छ । जिल्लाको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका प्र्ताब थापाको खोजीका लागि गोताखोरकोटोली बाजुरा आएको हो । नदी भित्रको बस्तु स्थिति वा अवस्था बारे खोजीका लागि टोली बाजुरा आएर खोजी कार्य सुरु गरेका छन् । बुढीगंगा […]
धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगिसकेको छ। जसमा ८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमितहरूमध्ये पनि पुरुषको संख्या बढी छ। कुल कोरोना संक्रमितमध्ये ८ सय ८१ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने दुइ हजार नौँ सय ९० जना पुरुषमा कोरोना […]
नागरिक रैबार/बाजुरा २४ असार। जिल्लाको जगन्नाथ गाउपालिका वडा नं ५ गोत्री, स्थायी घर भई हाल काठमाडौ जिल्ला गोकणेश्वर नगरपालिकाको शनिष्टार गाउँमा बस्दै आईरहेका ४३ वर्षका नरजित शाही दुई बर्ष अगाडि आफ्नो श्रीमतिको उपचार गर्न र छोरा छोरिको भबिस्य उज्जल बनाउन काठमाण्डौ गएका थिए । शाहि केही महिना देखि कम्मरको नसा च्यापिएर थला परे पछि अहिले […]
२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई औषधि कम गुणस्तरको भेटिएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो । विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ […]
चालु आर्थिक वर्ष (२०७६/७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ । आर्थिक वर्ष सकिन अब ८ दिन बाँकी रहेकाले […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शुक्रवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। अछामबाट ३०, कैलालीबाट तीन […]
काठमाडौं २३ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]
धनगढी २२ असार: सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको छ। सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै कार्यक्रम आयोजना गरेको थियो। […]
बसन्त बस्नेत । विचार । इतिहासले क्षमा गर्नेछैन, किनकि भयावह कोरोना संकट निदानका सम्पूर्ण प्राथमिकता लत्त्याउँदै सत्तारूढ नेकपा यदुवंशी युद्धको कोतमा खडेखडे लड्न तयार छ । संविधानले क्षमा गर्नेछैन, किनकि नेताहरू आज व्यवहारबाट पुष्टि गर्दै छन्, त्यो नयाँ राजनीतिक प्रणाली संस्थागत गर्न नभई व्यक्तिविशेषको महत्त्वाकांक्षा व्यवस्थापन गर्न हतार–हतार ल्याइएको कागजी दस्तावेज थियो । परिवर्तनले क्षमा गर्नेछैन, किनकि […]
काठमाडौं २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरे पनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदार शर्माले बताएका छन् । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यद्यपी […]
चक्र बहादुर अएडी/बाजुरा २१ असार। कुर्षि पकेट उद्यमिहरुका लागि व्यवसाय सुधार तालिम सुरु त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा हिजो देखि रत्न माध्यामिक विद्यालयमा सुरुगरिएको छ । प्रधान मन्त्री स्वरोजगार त्रिवेणी नगरपालिकाको आयोजनामा तालिम शनिबारदेखि सुरु भएको छ । व्यवसाय गर्न सोच बनाएका तरकारि व्यवसाय गर्ने कुखुर , बाख्रा लगएतका व्यवसाय गर्न चाहाने वेरोजगार युवाहरुलाई […]
राजेन्द्र बहादुर राेकाया बाजुरा,२०असार। बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँ स्थित भैसीखर्कमा गएराति परेको चट्याङ लागेर गम्भीर घाइते भएका ५५बर्षका सौरे बोहराको बाजुरामा उपचार सम्भव नभएपछि आज जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गर्न आएको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण उक्त स्थानमा अवतरण गर्न नसकेका […]
बझाङ । बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ । यस्तै सोही […]