होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ साउन, काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना […]
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको […]
नागरिक रैबार बाजुरा ५ साउन । कृषि ज्ञान केन्द्र बाजुराले गौमुल गाउँपालिका कृषि विकास शाखालाई पाँच हजार नगद सहित वर्षकै उत्कष्ट शाखाको रुपमा घोषणा गरेको छ । साउन ४ र ५ गते बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रममा उक्त शाखा बाजुरा जिल्लाका स्थानीय तहहरु अन्तरगतका कृषि विकास शाखाहरु मध्येबाट आ.व. २०७६÷०७७ मा सम्पन्न […]
काठमाण्डौ – गएको जेठ ३० गते नेपालमा मनसुन भित्रियो । त्यसपछि लगातारजसो पानी परिरहेको छ । मनसुन सक्रिय भएदेखि साउन ३ गतेसम्म एक सय चार जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् । त्यस्तै ८४ जना घाइते भएका र ४३ जना सम्पर्कविहीन रहेका सरकारको पछिल्लो तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार […]
काठमाण्डाै – घटना १. रामेछापको मन्थली नगरपालिका ३ का ३४ वर्षीय सुनबहादुर कार्कीले दुई वर्ष पहिले सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी टिप्पर किने । लकडाउनमा टिप्पर रामेछापमै थियो । मर्मत गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर सुनबहादुरले असार ५ गते टिप्पर काठमाण्डौ ल्याए र कम्पनीको ग्यारेजमा राखे । असार ७ गते गाडी […]
धनगढी : सुदूरपश्चिममा भारत लगायतका देशबाट फर्किएका झण्डै सात हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ६ हजार नौ सय ४९ जनालाई क्वारेन्टाईनमा राखिएको हो। प्रदेशभरी ६० हजार एक सय तीन जना अटाउने एक हजार चार सय ९७ वटा क्वारेन्टिन बनाईएकोमा पाँच हजार एक सय ५८ जना पुरुष र एक हजार सात सय ९१ जना […]
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ। विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए। उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु […]
बाजुरा — आईतवार राति आएको बाढि पहिरोले बुढिगंगा नगरपालिका ठुलो क्षती पुयाएको छ । बाढि प्रहिरो प्रभाबित क्षेत्रमा बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सहितको टोलि पुगेको छ । अबस्थाको अनुगमन र बिस्थापित बस्ति ब्यबस्थापनाका लागि नगरपालिकाको टिम प्रभाबित क्षेत्र पुगेको हो । प्रभाबित क्षेत्र नगरप्रमुख शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष र कर्मचारी […]
५ साउन, कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, […]
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे […]
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका […]
नागरिक रैबार/बाजुरा ५ साउन। बाजुरामा फलफुल रोपण वर्ष २०७७/७८ को सुभारम्भ गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा लिने गरी उक्त कार्य सुभारम्भ गरेको हो । आईतबार कृषि ज्ञान केन्द्र बाजुराले एक औपचारिक कार्यक्रमको आयोजना गरेर २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा सूभारम्भ गरेको हो । म रोप्छु, हामी […]
काठमाण्डाै – आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका […]
काभ्रे- काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । हेलिकप्टर उडानका लागि […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बताए। पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो। गत असार १० गतेबाट जारी […]
नागरिक रैबार/बाजुरा २ साउन। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीहरुलाई पठन-पाठन सूरु गराउन घर-घरमै शिक्षकहरु पठाएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लामो सयमको बन्दाबन्दीले विद्यालयहरु बन्द भएपछि मालिका माविले आफ्नो सेवा क्षेत्र भित्रका सवै टोलहरुमा शिक्षकहरुलाई […]
काठमाडौं २ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक साउन ३ गतेका लागि फेरि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए । शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन […]
पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् ।लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिए । पहिरो ले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको […]
काठमाडौं । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो । शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने […]