होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए […]
१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको […]
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम(उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि […]
डोटी– जिल्लाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई शारीरिक रूपमा अशक्त भएको भन्दै हाजिर गर्न दिएका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेकोमा अध्यक्षले हाजिर गर्न नदिएका हुन्। अध्यक्षले नआउनु भनेपछि हाजिर हुन नसकेको ठगुन्नाले बताए। […]
धनगढी–सुदूरपश्चिममा कोरोना मुक्त भएर थप १६ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो। डोटीबाट १५ र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा जानकारी दिए। उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार […]
काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” […]
काठमाडौं – प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको […]
काठमाडौँ – विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड […]
११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु आग्रह गरेका छन् । ‘मेरो ४ […]
झापा । झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलामको २१ घण्टा बित्दासमेत शव उठ्न सकेको छैन । उनको शव विर्तामोडस्थित विएण्डसी हस्पिटलमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई जिप्रका ल्याउने क्रममा […]
नागरिक रैबार/बाजुरा, ११ भदौ । साँफे मार्तडीसडक खण्डको बेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि अहिले बाजुराबासी तुुइनबाट नदी तर्न बाध्य भएका छन् । गएको श्रावण २५ मा बुढीगंगा नदीमा आएको बाढीले साँफे मार्तडी सडक खण्ड अन्तर्गत रहेको बोलिब्रिजसंगै झोलुङ्गे पुल बगाएको छ । पुल बाढीले बगाएपछि बाजुराका स्थानीलाई आवातजावत गर्न कठिन भएको हो । पुल […]
१० भदौ, काठमाडौं । सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको पनि ३ वर्ष पुगिसकेको छ । तर अझै पनि नेपालमा यो खेल र खेलाडीहरुको स्तर माथि उठ्न सकेको छैन । भलिबलको आˆनै कभर्ड हलसम्म छैन । नेपालले झण्डै ८ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको करिब साढे चार दशकअघि […]
काठमाडौं । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा […]
११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका […]
काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति […]
ताप्लेजुङ: जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो। त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो। यस्तो परिस्थितिको कल्पना […]
काठमाडौँ । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी स्तरमा भइरहेका प्रयास विफल भएका हुन् या प्रयास नै नभएको हो भन्ने प्रश्न खडा भएको छ । नेपालमा लगातार कोरोना संक्रमणको ग्राफ बढ्दै गएका कारण यस्तो प्रश्न उठ्न थालेको हो । त्यसो त ४ महिनासम्म लकडाउन भयो, त्यसपछिका केही साता लकडाउन खुकुलो तुल्याइयो, हाल […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार कैलालीका २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो । मृतक मध्ये अछामका १, बझाङ्गका २, बाजुराका २ र कैलालीका ६ जना रहेको सामाजिक बिकास मन्त्रलायले जानकारी दिएको छ । त्यसैगरी कोरोना निको हुनेको संख्या ४ हजार ७७५ […]
यूएस सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले यस हप्ता कोरोनाभाइरस परीक्षणको मापदण्डलाई चुपचाप परिवर्तन गरेको छ जसमा कोभिड –१९ को लक्षण नभएकाहरुको परीक्षण गर्नु नपर्ने उल्लेख गरिएको छ । लक्षण नदेखिएका व्यक्तिले कोरोनाभाइरस लागेका व्यक्तिको नजिकको सम्पर्कमा रहेता पनि अब परीक्षण गर्नुपर्ने छैन । यद्यपि, विज्ञले यो नयाँ नियममाथि प्रश्न तेर्साएका छन् । संक्रमितको पहिचानमा […]
काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका […]