होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुुुर विक/ बाजुुुरा २६ बाजुरा। कोराेना भाईरस कोभिड १९ को संक्रमणको आसंकामा सदरमुकाम मार्तडीमा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । जिल्ला अस्पताल मार्तडीमा उपचारको क्रममा आएका दुई जना महिलामा कोरोनासंग मिल्दा जुल्दा लक्षणहरु देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणमणि पन्तले बताउनु भयो । आइसोलनेसनमा भर्ना गरिएका दुवै जना बडिमालिका नगरपालिका […]
धनगढी,भाद्र- २६ ।जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एकजनाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय रोशन बिकको रहस्यमय तरिकाले मृत्यु भएको छ । थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको आँखा,नाक,निधारमा चोटपटक देखिन्छ । तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले मृतक विकले […]
२६ भदौ, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए । उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका […]
प्रकाश विक/बाजुरा २६ भदौ। बडीमालिका नगरपालिकाको ४ र ६ स्थित बुढीगंगा नदिमा पर्ने जडाङ्गाको काठेपुल निर्माणमा बाजुरा उद्योग बाण्ज्यि संघले ५० हजार सहयोग गरेको छ । उद्योग बाणिज्य संघ बाजुराले शुक्रबार बुढीगंगा नदिको जडाङ्गामा स्थानीयहरुले निर्माण गरेको काठेपुलको अनुगमनसंगै काठेपुल निर्माणमा खटिएका स्थानीयहरुलाई नगद ५० हजार समेत सहयोग गरेको हो । काठेपुल निर्माण गर्ने स्थानीयहरुलाइ […]
काठमाडौं, २६ भदौ । कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय […]
२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् […]
२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी […]
धनगढी: सामुदायिक रेडियो प्रशारक संघ(अकोराव) सुदूरपश्चिम प्रदेश समितिले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग […]
२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।
राम बहादुर विक/बाजुरा २६ भदौ । गत साउन २५ गते राति अविरल बर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज बगाएपछि साँफे-मार्तडी सडकको सम्वन्ध विच्छेद भएको थियो । बाढीले उतm ठाँउमा रहेको बेलीब्रिज पुल बगाएपछी स्थानियहरुलाई आवत जावत गर्न निकै सास्ती खेप्नु परेको थियो ।स्थानियहरुले सास्ती खेपी रहेको केही दिन पछी बडिमालिका नगरपालिका वडा ५ […]
काठमाडौं । आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताइन् । “प्रदेश न १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा […]
कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ । गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्कोै असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले जानकारी दिए । नेपालले मुलतः […]
२६ भदौ, काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपाली भने कोरोनाका कारण माहोल अर्कै छ । काठमाडौं उपत्यकाका बुधबारसम्म त कडा निषेधाज्ञा नै थियो । तीन साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो बनाइयो । केही बन्देजहरुसहित बजार नियन्त्रितरुपमा […]
धनगढीः दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्। सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता […]
मानसिक स्वास्थ्य के हो ? र यसको पनि शारीरिक स्वास्थ्यको जस्तै महत्व हुन्छ भन्ने कुरा हामीमध्ये कतिलाई जानकारी नहुन पनि सक्छ। कारण आफू नमरी स्वर्ग देखिँदैन भनेझै कतिपय मानिसहरुलाई आफूले अनुभव नगरी थाहा नहुने कुरा पनि सामान्य हो। स्वास्थ्यका सवालमा मानसिक र शारीरिक पक्षले बराबर महत्व राख्दछ। यस्ता पक्षमा आम मानिसहरु सुसुचित हुन अत्यावश्यक हुन्छ। […]
२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिमा १४ औं महाधिवेशन गर्न असम्भव रहेको भन्दै सार्ने तयारी गरेको छ । कांग्रेसले आगामी फागुन ७–१० गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बुधबार १०७ औं वीपी जयन्तीको अवसरमा भएको ‘वीपी विचार नेपालको समुन्नतिको […]
तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ । गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारका करिब एक हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण […]