होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारको अपील : अझै संकट टरेको छैन, कोरोना हल्का नठानौं
समाचार

सरकारको अपील : अझै संकट टरेको छैन, कोरोना हल्का नठानौं

  • नागरिक रैबार
सरकारको अपील : अझै संकट टरेको छैन, कोरोना हल्का नठानौं

३० भदौ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) लाई हल्का ढंगले नलिन सबैलाई अपील गरेको छ ।

असोज १ बाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको सरकारले कोभिडविरुद्धको लडाईमा म पनि अग्रपंक्तिको सिपाही हुँ भन्ने ठान्न प्रत्येक नागरिकलाई आग्रह गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एकसाथ स्वास्थ्य र आर्थिक संकट सामना गरिरहेको र दुबैमा सम्झौता गर्न पनि नसक्ने बताए ।

विज्ञापन

अहिलेसम्म सरकारले जारी गरेको आदेशहरुलाई नागरिकले पालना गरेको र जनताको सहयोगमै कोरोना भाइरसको संकटलाई भयावह हुनबाट सापेक्षित रुपमा टार्न सफल भएको उनले बताए ।

अझै संकट टरिनसकेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अझै जोखिम बढिरहेको छ, हामी पिकमा पुगेर तल झरिसकेको छैन । यस्तो बेला थप सेवा क्षेत्रहरु अझ खुकुलो हुँदा स्वास्थ्य जोखिम बढाउँछ । यस्तो बेलामा प्रत्येक नागरिकले कोभिडविरुद्धको लडाईमा म पनि अग्रपंक्तिको सिपाही हो भन्ने ठान्नुहोला ।’

केही सञ्चार माध्यममा कोभिड केही होइन भन्ने बहस भएको भन्दै उनले कोभिडको संक्रमणलाई अवमूल्यन गर्ने र हल्का नठान्न अपील गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार