होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण १० जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । […]
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । […]
८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र […]
८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन । सुदूरपश्चिम प्रदेशमा यो मात्रै एउटा घटना होइन, जसको दोषी पक्राउ नपरेको होस् । […]
स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने […]
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भुभागमा न्युन चापीय क्षेत्र रहेको छ। अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने […]
शेरबहादुर शार्की/बाजुरा ७ असोज। गत बैशाख, जेठ र असारमा कोरोना सङ्क्रमितको दर निकै वृद्धि हुँदै गएको बाजुरा पछिल्लो समयमा भने सङ्क्रमित हुनेको सङ्ख्या शुन्यमा झरेको छ । कामको खोजी तथा अध्ययनको सिलशिलामा नेपाल तथा विदेशका विभिन्न ठाउँबाट लकडाउनका समय बाजुरा प्रबेश गरेका झण्डै ४० हजार भन्दाबढीको स्वाब सङ्कलन गरेर पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५७६ जना […]
चक्र बहादुर अएडी/बाजुरा ७ असोज। बाजुरा त्रिवेणी नगरपालिकामा वडा नम्वर ८ मा पैमा प्रहरी चौकीले लुकाई छिपाई ल्याईरहेको अबैध बदिरा बरामत गरि नस्ट गरेको छ । त्रिवेणी नगरपालिका ९ मा रहेको बडिमालिका प्रहरी चौकी पैमा बाट खटिएको प्रहरी हवल्दार भिमसिंह धामिको कमाण्डमा खटिएको टोलिले विशेस सुचनाको आधारमा बाम्का बजार बाट लैजादै गरेको अबैध मदिरा मगलबार […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार कैलालीका चार र डोटीका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा पाँच हजार सात सय ५१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका […]
काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको […]
गुल्मी – गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको […]
धनगढी– डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी […]
चक्रबहादुर अयडी, बाजुरा त्रिवेणी नगरपालिकाका विद्यालयहरुमा आज देखि पठन पाठन सुरुगरिएका छन । विश्व व्यापि महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ ले गर्दा गरिएको लकडाउनले लगभग ५ महिना सम्म बन्द भएका शैक्षिक संथाहरु आज बाट संचालन गरिएको रत्न माध्यामिक विद्यालयका प्रधाना ध्यापक हर्क बहादुर बुढाले जानकारि दिए । आजबाट त्रिवेणी नगरपालिका वडा नम्वर ९ […]
विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर […]
काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि मंगलबारसम्म स्थगित भएको छ ।बैठक भोलि दिउँसो साढे १२ बजे सम्मका लागि स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो ।
काठमाडौँ । २८ महिनाअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । यसका लागि नेकपाले आइतबारबाट सुरु भएको सचिवालय बैठकमा कार्यसूची नै लगेर छलफल थालेको हो । ‘केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने प्रस्ताव राखिएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तलदेखि […]
धनगढी : कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान आजदेखि फेरी सुरु हुने भएको छ। सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले आज बुद्ध एयरले उडान भर्ने जानकारी दिए। थापाका अनुसार बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० […]
बझाङ – करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका […]
काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना […]