होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जाजरकोट- उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन्। उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्। उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका-६ सिमेनका प्रेमा गुरुङले जानकारी दिइन्। अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले […]
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको भएपनि ‘हेर्न नमिल्ने’मा परेको छ।पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो। संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की […]
काठमाडौं । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु भएको […]
सहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता […]
मुगु, हुम्ला — मुगुको खत्याड गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिता कार्की पुरानै च्यातिएका किताब बोकेर विद्यालय जान्छिन् । लामो समयपछि विद्यालय खुलेपछि उत्साही बनेकी कार्की पुरानै पुस्तक पढ्दा भने खिन्न छिन् । मुगुको सोरु गाउँपालिकास्थित विजय माध्यमिक विद्यालयका विद्यार्थी । सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत सोविना कार्कीेलाई पनि फाटेकै किताब लिएर विद्यालय […]
इटहरी — उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा । घरबाट निकालिएपछि उनीहरू मामाघरमा बस्न थाले । पाँच वर्षको हुँदा आमाले दोस्रो बिहे गरिन् । अर्को बुबा पाए पनि उनले स्नेह भने कहिल्यै पाइनन् । उनी अपांगता भएको कारण देखाउँदै कान्छा बुबाले पनि आमालाई पिट्न थाले । आफ्नै […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । […]
दुई दिनपछि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनको खाद्य व्यवस्थापनका लागि टेण्डर आह्वान भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ सम्म तीन दिन चल्ने महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन दिनका लागि बिहानको खाना र दिउँसोको खाजाका लागि टेण्डर आह्वान गरिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ५ हजार प्रतिनिधिका […]
काठमाडौ: प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन्। जितिया पर्वका अवसरमा आज एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशष्ठि पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, […]
उद्योगपति तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले पार्टीका कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन पर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका उनले नवलपरासीको देवचुुली नगर समितिमा भोट हाल्दै यस्तो बताएका हुन् । नेपाली काँग्रेसको नगर तथा गाउँपालिका अधिवेशनका क्रममा भोट हाल्दै उनले कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउने गरी अवको नीति तथा योजना बनाउनुपर्ने उल्लेख गरे । […]
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार अब […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुरा प्रदेश (ख) को अधिवेशन सुरू भएको छ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन सर्कुलर अनुसार बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं ख को अधिवेशनबाट आजबाट सदरमुकाम मार्तडीमा सूरु भएको हाे । गत असोज ५ गते वडा अधिवेशन तथा गत असोज ९ गते नगर अधिवेशन सर्वसहमतीका आधारमा सम्पन्न गरी […]
नागरिक रैबार/बाजुरा १२ असोज । बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व रेविज दिवस मनाइएको छ। जिल्लामा संचालित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले रेविज तत्थ्यलाई बुझ्नसके राम्ररी ,हट्छ डर,त्रास सधैं भरी, नबनौं’ भन्ने नाराका साथ मनाइएको हो । उक्त कार्यक्रममा रेविज कस्तो रोग हो र […]
धनगढीः आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका […]
नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको दश बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने […]
जुम्ला । जुम्लाका अधिकांश विद्यालयमा अध्ययन गर्ने छात्राहरुले हरेक महिना एक साता विद्यालयको पढाइ छाड्नु परिरहेको छ । जिल्लाका अधिकांश विद्यालयमा व्यवस्थित शौचालय र पर्याप्त पानीको अभावका कारण महिनावारी भएको समयमा पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको छात्राहरु बताउँछन् । विद्यालयहरुमा शौचालय त बनेका छन्, तर त्यहाँ पानीको व्यवस्था हुन नसक्दा महिनावारीको समयमा असजिलो हुन्छ । […]
धनगढी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका ७५ स्थानीय तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारकाबीच पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ । धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने निर्वाचन भएको अधिकांश स्थानमा देउवा पक्ष नै बलियो […]
बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीलाई चिकित्सा शिक्षा अध्ययनका लागि विद्यमान ऐन, नियमालीहरु संशोधन गरेर भए पनि आरक्षण दिन सरकारलाई निर्देशन दिएको हो । समितिकी […]