होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल तीन दिनदेखि अस्वस्थ
समाचार

माधव नेपाल तीन दिनदेखि अस्वस्थ

  • नागरिक रैबार
माधव नेपाल तीन दिनदेखि अस्वस्थ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार