होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ असोज । नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु भएको छ । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान सूरु भएको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको निर्वाचनमा सभापति […]
मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् । काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा टुङ्ग्याइएको थियो । यद्यपि अध्यक्ष नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए । […]
धनगढी : सुदूरपश्चिममा जीवन बीमा कम्पनी र तिनका एजेण्टका कारण बिमित मर्कामा पर्न थालेका छन्। विभिन्न बीमा कम्पनी र तिनका एजेन्टहरुले जबरजस्ती ठूलो रकमको बीमा गराउने तर जोखिम या आर्थिक समस्या परे कुनै सहयोग नगर्ने गुनासो सर्वसाधारणले गर्न थालेका हुन्। आर्थिक समस्या परेर बीमालेख सरेण्डर गरी पैसा फिर्ता माग्न खोज्दा बीमा कम्पनीहरुले विभिन्न नियम देखाएर […]
नागरिक रैबार बाजुरा २१ असाेज। नेपाली काँग्रेस बाजुराकाे सभापतिमा उम्मेद्वार रहेका चक्र शाहले अब हुने दाेस्राे निर्वाचनमा सभापतिमा रामसिहं रावललाई सहयाेग गर्ने घाेषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गरेर अब हुने दाेस्राे चरणकाे निर्वाचनमा रामसिंह रावलाई सभापतिमा सहयाेग गर्ने घाेषणा गरेका हुन् । पहिलो निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमको पक्षमा […]
काठमाडौं । भारतले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन सुरु गरेको छ । भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् । भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । […]
काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। जिल्लामा जम्मा १ हजार २ सय १२ […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेसको ७ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको नेतृत्व चयनका लागि उम्मेदवार विच आपसी सहमति हनु नसकेपछि मंगलबार विहानबाट मतदान गरिएको थियो । अधिवेशनमा जिल्ला भरका १२ सय १२ मध्ये १२ […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका चक्र शाहको टिम निर्णायक हुने भएको छ । विहिबार विहान आएको मतपरिणाम अनुसार सभापतिका लागि कविराज पण्डितको पक्षमा ४७९, रामसिंह रावल ४ सय ४७४ र चक्र शाहले १ सय ५२ मत पाएका थिए । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय […]
नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए । ‘यसमा दावी विरोध गर्न सकिन्छ । […]
नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको उप-सभापतिमा पदम बडुवाल विजयी भएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख समेत रहेका बडुवालले सवै भन्दा बढी ७ सय ५६ मत ल्याएर उप-सभापतिमा विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा अर्का नारायण पाध्यायले ७ सय ४८ मत ल्याएर बिजयी भएका छन । उपसभापति २ वटा पदका लागि ३ जनाको […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बुधबार विहानबाट सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका कविराज पंडितको पक्षमा ४ सय ८९ र पौडेल पक्षका उम्मेदवार रामसिंह रावलको पक्षमा ४ सय ७४ मत पाएका छन् । […]
नागरिक रैबार बाजुरा २० असाेज नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराकाे नयाँ नेतृत्व चयनका लागि गरिएकाे निर्वाचनकाे पछिल्लो मतगणना सार्वजनिक भएकाे छ । बुधबार विहानदेखि सूरू भएकाे मतगणना अनुसार सभापति पदमा अहिलेसम्म देउवा पक्षका कविराज पंण्डित पाैडेल पक्षका रामसिंह रावललाई १४ मतले पछाडि पार्दै अगाडि देखिएका हुन्। अहिलेसम्म ६ सय १ मतगणना गर्दा सभापति पदका […]
नागरिक रैबार बाजुरा २० असाेज बाजुराबाट पहिलाेपटक राजधानीमा एन्फा फुटवल खेल्न गएकाे रानिवन स्पाेटर्स् क्लव फाईनलमा प्रवेश गरेकाे छ । बुधार दिउसाे एन्फाग्राउण्ड सातदोबाटोमा भएकाे सेमिफाइनल खेलमा भ्याली ईगल क्लव भक्तपुरलाई शुन्यका विरुद्ध ३ गोल गर्दै फाइनल प्रवेश गरेकाे हाे। आज भएकाे खेलमा किरण बोहराले २ र कुबेर सिंहले १ आफ्नाे पक्ष्यमा गाेल गरेका थिए […]
धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारी गरेका छन्। केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेरै पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्। ‘१० बुँदे सहमति कार्यान्वय हुने अवस्था पनि देखिएन्,‘ एकीकृत समाजवादीमा जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा जोशीले भने, ‘त्यस […]
नागरिक रैबार/बाजुरा २० असोज । नेपाली काँग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा उम्मेदवारविच सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि मंगलबार गरिएको निर्वाचनमा कुल १ हजार २ सय १२ मध्ये १२ सय पाँच मत खसेका थिए । निर्वाचन भएको दोस्रो दिन बुधबार विहानबाट मतगणना सूरु गरिएको थियो । गणना सूरु गरेको ४ घण्टापछि ३०१ मत गणना गर्दासम्म […]
महोत्तरी– असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् । पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने […]
धनगढीः धनगढीमा संघीय सरकारले निर्माण गरेका कालोपत्रे सडकका योजना पूरा नगरेरै पास गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईमार्फत कार्यान्वयन भएका योजना अधुरोमै पास गरिएको हो। संघीय सहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएका सडकको बीच भागमा रुख छन्। रुख भएका क्षेत्रमा सडक कालोपत्रेको काम गरिएको छैन। तर पनि सडक योजनाहरु […]
बागलुङ–भुरेटाकुरे राज्यको इतिहास बनेको भीमापोखरालाई संरक्षण गर्ने अभियानमा काठेखोलाका स्थानीय जुटेका छन् । उनीहरूले पुराना संरचना संरक्षण गर्ने काम थालेका छन् । काठेखोला गाउँपालिका वडा नम्बर २ र गण्डकी प्रदेश सरकारको लगानीमा गत वर्ष २० लाख रुपैयाँको काम भइसकेको छ । इतिहास संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने अभियानमा काम सुरु भएको वडाध्यक्ष विद्यापति शर्माले बताए […]