होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । ‘धपेडीले गर्दा रक्तचाप बढेको पाइयो । डाक्टरहरूले केही समय अस्पतालमा नै आराम गर्न सुझाव दिनुभएको छ,’ सचिवालयका एक सदस्यले जानकारी दिए । […]
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । […]
काठमाडौं । पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ […]
समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का रहेका छन् । यस्तो छ नामावली : https://drive.google.com/file/u/0/d/1ijNAn8nF9gow_KnASIyRNDjQtHGEgUpc/view
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जाँड-रक्सी खाँदै नखान […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । मन्त्रालयका निमित्त सचिव डा.हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना […]
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गलत विचारको भण्डाफोर गर्न केन्द्रिय सदस्यलाई निर्देशन दिएका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीमा मौलाएको अहंकारवादको धुजा-धुजा केलाएर खण्डन गर्न आह्वान गरेका हुन्। ‘दक्षिणवादी अवसरवादी ,व्यक्तिवाद, अहंकारवादको धुजा धुजा केलाएर खण्डन गर्नुपर्छ।’ खनालले भने, ‘आम कार्यकर्ताको विचमा भण्डाफोर गर्नुपर्छ। बुर्जुवा संसदद्बाटबाट […]
काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको जनाइएको छ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् । केन्द्रीय कमिटीले पूर्णता […]
मुगु — मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ । ‘डाक्टरले चेक गर्छन्, अनि औषधि ल्याउन मेडिकल पठाउँछन्,’ उनका पति छेवाङ छेजुम्ले भने, ‘७५ वर्षमाथिका […]
भोग्नु र देख्नुमा आकाश–पातालको फरक हुन्छ । यस बावजुद पनि अर्को पुस्ताबाट छुवाछुत हट्छ भन्ने कथ्य बलियो बन्दै गइरहेको थियो । तर, पछिल्ला केही घटनाक्रमले नेपाली समाजको सामाजिक चेतना छर्लङ्ग पारिदिएको छ । रूपा सुनार प्रकरण ठीकसँग सेलाएकै थिएन, फेरि चितवनमा भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बन्नुपरेको छ । खासमा हामी केही दलितलाई पनि […]
नयाँ दिल्लीको हावाको अवस्था निकै खराब भएपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले चेतावनी नै जारी गरेको छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ । सीपीसीबीको शुक्रबार बसेको समीक्षा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि […]
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ […]
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई लडिरहेको बताएका छन् । उनले यो लडाई देशभक्ति र मूल्य मान्यताको लडाई भएको समेत बताए । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए । उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी […]
काठमाडौं । नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरू हुँदैछन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु हुने भएका हुन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ । समितिका अनुसार शनिबार डोल्पा, […]
नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। पाँचदलिय गठवन्धनबाट बनेकाे शेरहादुर देउवा नेतृत्वकाे सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराले शुक्रबार मार्तडीमा प्रदर्शन गरेकाे छ । गठबन्धन सरकाले पेट्रोलियम पदार्थकाे मूल्यमा मनाेमानी ढंगबाट वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराका विद्यार्थीले सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले मार्तडीकाे लाेकतान्त्रिक चाेकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरे । चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ । ‘महाधिवेशन चितवनमा […]
चितवन । नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ । शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग हुने छैन । मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिपेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ । मंसिर ७ […]