होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशनको लोगोमा गैंडाको मस्कट
समाचार

एमाले महाधिवेशनको लोगोमा गैंडाको मस्कट

  • नागरिक रैबार
एमाले महाधिवेशनको लोगोमा गैंडाको मस्कट

काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनमा प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । तुलसीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरे ।

चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार पारेको छ । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा उचालेको छ ।

‘महाधिवेशन चितवनमा गर्दैछौं । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन पनि गैंडाले पार्टीको झण्डा चलाएको लोगो तयार पारिएको हो’, महाअधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले भने ।

विज्ञापन

जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश दिनपनि यस्तो लोगो तयार पारिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार