होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ । आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी गराएका छन् […]
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज दोस्रो दिन पनि जारी छ । ललितपुरको हेरिटेज पार्टी प्यालेसमा जारी बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन् । अहिलेसम्म प्रदेश २, वागमती प्रदेश कर्णाली प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरिसकेका छन् । प्रदेशका २ का इन्चार्ज धर्मनाथ प्रसाद साहले आफ्नो प्रदेशमा आफ्नो […]
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि […]
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि युवा–विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् । अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामासहित ६ जना निर्विरोध प्रतिनिधि चयन भएका छन् । महिलाबाट लामा र कल्पना वाइवा, खुलाबाट रामजी सापकोटा, प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल चयन भएका छन् ।
काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिइन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्ने आशंका गरिएको उनले जानकारी दिइन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली […]
२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको […]
नागरिक रैबार/ बाजुरा २८ कार्तिक । गएको जेठ अन्तिम साताबाट बन्द भएको बस सेवा आजदेखि सदरमुकाम मार्तडीबाट सूचारु हुने भएको छ । आइतबार सदरमुकाम मार्तडीमा ६ वटा बस पुगेका छन् । यस अघि वर्षातको समयमा साँफे मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमकाम सम्म सूचारु हुन् सकेको थिएन् […]
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । मृतक ३ जनामध्ये एकजना महिला र दुईजना पुरुष भएको तर उनीहरुको सनाखत […]
काठमाडौं । न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आन्दोलन बिथोल्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताएका छन् । आन्दोलन बिथोल्ने उद्देश्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नै आफ्ना समर्थकहरूलाई प्रदर्शनमा उतारेको उनीहरूको भनाइ छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतभित्र प्रदर्शन गरिरहेको बेला जबराका समर्थकहरूले बाहिर सडकमा भेला भएर विरोध जनाएका थिए । […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यक्ता भएको बताएका छन् । आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका हुन् । […]
कैलाली: कैलालीका थप एक कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार उनको ज्यान गएको हो। मृत्यु हुनेमा कैलाली लम्कीचुहा नगरपालिका–५ का ७७ वर्षीय पुरुष रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए।
काठमाडौं, कार्तिक २८ । सर्वाेच्च अदालतको दुबै ढोकामा धर्ना बसेका वकिलहरुको अवरोध छलेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।शुक्रबार सर्वोच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका वकिलहरुलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । आज प्रधानन्यायाधीशलाई अदालत […]
काठमाडौँ — सर्वोच्च अदालतको प्रांगणको नेपाल बारको जारी आन्दोलन बिथोल्न अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन् । विभिन्न प्ले कार्डसहित आएका युवाहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । मोटरसाइकल र्यालीसहित प्रदर्शनमा आएका ती युवाहरुले ‘न्याय बेच्न पाइँदैन’ लगायतका […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन […]
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो । ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको […]
काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको हो । २२ वैशाख, २०७८मा पनि सरकारले […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ कोल्टीकी ४२ वर्षिया जनदेवी खत्री रहेको ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ । कोल्टी प्रहरीका अनुसार अनुसार आइतबार विहान खेतबाट घर फर्किने क्रममा बुढीनन्दा नगरपालिकाको दानसाँगुको भीरबाट करिव एक सय १० मिटर तल खसेर […]
काठमाडौं । दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा धर्ना दिन सुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन पुगेका हुन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने […]
काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् । सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न जबरालाई आग्रह गरेका हुन् । उनले प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्न आग्रह पनि […]
महेश कार्की/ काेल्टी २७ कार्तिक। बाजुराको जगन्नाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी बाजुराको प्रथम वृहत भेला तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादिले आज एक कार्यक्रमको आयोजना गरी जगन्नाथ गाउँपालिका वडा नं दुईको वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट अलग वनेको नेकपा एकिकृत समाजवादिले […]