होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे छ । मंसिर १ गतेदेखि बाजुराकाे प्रहरी प्रमुख सम्हाल्ने गरि नयाँ डिएसपी चतुर्भुज ओझा आएपछि प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता बढाएकाे हाे । आईतबार साँझ प्रहरीले सदरमुकाम मार्तडीका २३ वटा हाेटल तथा पशलहरूबाट ५ सय ६५ लिटर अवै घरेलु मदिरा बरामद गरि […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. ९ ले आयोजना गरेको पैठमेला फुटवल कपको उपाधि बाजुरा जिल्लाले हात पारेको छ । आईतबार सम्पन्न भएको फाईनल खेलमा एलजि वाईसी क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै बाजुरा जिल्लाले खेलको उपाधि जितेको हो । प्रतियोगिता मंसिर १ गतेबाट कालिकोट जिल्लाको पताला गाउँपालिका वडा नं. […]
बैतडी: बैतडीमा कांग्रेस अधिवेशनको मतगणना भइरहेका बेला एक नेतामाथि बोतल प्रहार भएको छ। दशरथचन्द नगरपालिका वडा नं ६ का कांग्रेस नेता अर्जुन रावलमाथि रक्सी बोतल प्रहार भएको हो। नेपाली कांग्रेस बैतडी प्रदेश क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर (ख)को मतगणना भइरहेका बेला रावलको टाउको रक्सी बोतल प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज […]
काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका […]
बर्दिया । मधुवन नगरपालिका-४ ढोढरीको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा पढाउने गरेको छ । विद्यालयले वर्षको दुई पटक (गर्मी महीनार जाडो महिना) शुक्रबारको कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई जातीय परम्परागत पोशाकमा बोलाइ पढाउन थालेको हो । शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, […]
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् । दुई पटक मिर्गौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए । तर […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। नेकपा (माओवादी केन्द्र) बाजुराले २७ वटा वडामा सम्मेलन सम्पन्न गरेको जनाएको छ । माओवादी केन्द्र बाजुराले बाजुराका २७ वडामा नयाँ नेतृत्व चयन गरेको नेकपा (माओवादी केन्द्र) बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् । उहाँका अनुसार ६९ मध्ये २७ वडामा सम्मेलन सकिएको र बाँकी वडामा सम्मेलन जारी रहेको छ । […]
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् । सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो । जनताको बहुदलीय जनवादले […]
पाँचथर — कांग्रेसको पाँचथर ‘प्रदेश सभा ख ’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छन् । आइतबार विहान सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठ प्रतिस्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन् । सो प्रदेशको उपसभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ, सहसचिवमा ज्योतीप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् । […]
काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको छ । ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न सुझाव दिएको हो । […]
धनगढी : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्। सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए। घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा घटेका घटनाको सत्य तथ्य छानबिन गरी पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न […]
बझाङमा बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो। जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिको परिवारलाई जग्गाधनी […]
समाजवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ । ‘कथित भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलीद्वारा नेपालमा इजाजत नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक टेलिभिजनको उद्घाटन भएको’ भन्दै सो पार्टीले गैरकानुनी तरिकाले सञ्चालन गर्न लागिएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरु सहभागी भएकोमा खेद प्रकट गरेको […]
एमाले अध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको […]
काठमाडौँ — गत वर्ष फागुन २१ मा तीनबुँदे सहमति गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिव नेत्रविक्रम चन्दलाई साहसिक नेताका रूपमा प्रशंसा गरे । त्यसयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि चन्द र मोहन वैद्य सबैलाई एकतामा आउन आह्वान गरिरहेका छन् । चन्दका नाममा नेताहरूले रोमाञ्चक भाषण गरे पनि उनलाई मूलधारमा ल्याउने प्रक्रिया सार्थक भएको छैन । […]
मुर्मा, मुगु — राराताल सुन्दर छ । सुन्दर दृश्यले मात्र पेट भरिँदैन । वरपर यस्ता बस्ती छन्, जहाँ साँझ–बिहान छाक टार्न अनेक सास्ती छन् । तालबाट साढे तीन किलोमिटर पर्तिरको मुर्मा गाउँकी पानसरा रोकायालाई छाक टार्नकै पिरलो छ । भिरालो, पाखो बारी छ । त्यसमा फल्ने सिमी, गहुँ, जौ, फापर र आलुले छायानाथरारा नगरपालिका–९ की रोकायाको परिवारलाई वर्ष दिनको छाक […]
नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका […]
नागरिक रैबार/बाजुरा ५ मंसिर । त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन भएकाे एक हप्ता पछि सम्पन्न भएकाे छ । कार्तिक २६ गते सूरू भएकाे सहकारीकाे विसाैं वार्षिक साधारणसभा तथा साताैं अधिवेशन हप्तादिन पछि आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे हाे । आज सम्पन्न भएकाे सहकारीकाे साताै अधिवेशनबाट […]